Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने


    बिहिबार, असार २६ २०८२
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैछ ।

    संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो ।

    जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ ।

    उता दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार