नवलपरासी । प्रहरी प्रशासनको मिलेमतोविना सीमाबाट भन्सारछलीका सामान ओसारपसार अर्थात् तस्करी सम्भव छैन । सशस्त्र र नेपाल प्रहरी मिलेपछि सीमानाकामा जे पनि सम्भव छ भन्ने उदाहरण बनेको छ नवलपरासीका नाकाहरुबाट हुने तस्करी ।
सीमा सुरक्षाको पहिलो घेराको जिम्मा पाएको सशस्त्र प्रहरीको प्रत्येक सीमा नाकामा निगरानी हुन्छ तर दैनिक रुपमा अवैध रुपमा हुँदैआएको तस्करी रोकिएको छैन । यसको मुख्य कारण हो तस्करसँग प्रहरीको साँठगाठ र लाभ । सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट तस्करले नेपालमा बिनाभन्सार सामान भित्र्याउने गरेका छन् । पछिल्लो समय नवलपरासीका विभिन्न नाकाबाट दिउँसो थोरै घरायसी समान ल्याउँदा सशस्त्र प्रहरीले मोटरसाईकल भन्सार बुझाई जफत गरेको पाइन्छ तर ठूला तस्करको गाडी छोड्ने गरिएको छ ।
तस्करीका सामानसहितको गाडी बरामदपछि छोडियो
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका गणपति सन्तोष रायमाझीको कमजोर कमाण्डका करणले घरायसी समान ल्याउनेहरुको बरामद हुने गरेको छ । एसपी रायमाझीले घरायसी सामान ल्याउने ८० भन्दा बढी मोटरसाइकल भन्सार बुझाएका छन् । तर पिकअपमा लोड भएका तस्करीका समान भने छोडेको आरोप छ ।
गाडीको इन्जिन बोकेको ९१४२ नम्बरको टोयटा हाइलक्स र टायल बोकेको लु ३ च १७९४ नम्बरको पिकअप छोडेका छन् । जुन भन्सार नतिरी तस्करीका माध्यमबाट ल्याइएका थिए । एसपी रायमाझीले सादा पोसाकका घुमुवा परिचालन गरी तस्करहरुसँग सेटिङ मिलाउने गरेको आरोप छ ।
को को छन् त नवलपरासीमा सशस्त्र प्रहरीका घुमुवा ?
सशस्त्र प्रहरी बल २६ नम्बर गणबाट सादा पोशाकमा खटिएका घुमुवाहरुमा सन्दीप यादव, सलमान मिया, जितेन्द्र बनियाँ छन् । यी सब घुमुवाले रातभरी तस्करीको लाइन दिने र दररेट असुली गर्ने गरेका छन् । घरायसी प्रयोजनका लागि खद्यान्न ल्याउँदा यी घुमुवाहरुले मोटरसाइकल नै भन्सारमा बुझाउने गरेका छन् । यसको उदाहरण ८० भन्दा बढी मोटरसाइकल भन्सार बुझाइएकोलाई नै लिन सकिन्छ । सोमबार (असार १६ गते) ट्रकसहित ३२ लाख ५८ हजारको गाडीको इन्जिन, बेल्ट, सुट, चस्मा, जुत्ता, चप्पल जस्ता समान नियन्त्रणमा लियो । तर कमिसनमा कुरा मिलेपछि बरामद गाडी बीच बाटोबाट छाडिएको छ ।
सामानको कमिसन नमिल्दा ती समान नियन्त्रणमा लिई भन्सार बझाइएको बुझिएको छ । उक्त समान सशस्त्र प्रहरीको लुम्बिनी प्रदेशका प्रमुख डीआईजी दीपेन्द्र कुँवरका घुमुवा पप्पु गुप्ताले ट्रक नियन्त्रणमा लिई गणलाई जिम्मा लगाएको खुलासा भएको छ । पछिल्ला दिनमा गुप्ता डीआईजी कुँवरका घुमुवाको रुपमा नवलपरारासीमा परिचालित छन् । डीआईजी घुमुवा गुप्ताले नवलपरासीका ठूला तस्करसँग साँठगाँठ मिलाउन तल्लीन छन् ।
तस्करीको उक्त सामान बुढन्तपुर, रमपुरवा, गेरमी नाकाबाट गएको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीको मिलेमतोमा नवलपरासीका नाका हुँदै भारतबाट नेपालमा बिनाभन्सार भारी मात्रामा सामान भित्रने गरेको छ । यहाँसम्म कि सशस्त्र प्रहरीले खटाएका सादा पोशाकका घुमुवाहरुले तस्करीको सामान सुरक्षित स्थान(व्यापारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गर्ने सम्मको काम भइरहेको स्रोतको दाबी छ । भुजहवा बीओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक रुपक नापितले बाख्रा, कुखुरा, किराना सामान ब्यापारीबाट महिनावारी घुस लिने गरेको आरोप छ ।
बाख्रा भित्र्याउने नेतासँग १० हजार, कुखुराका कारोबारी आजादबाट ८ हजार, किरानाका ललनबाट ५ हजार, सुनिलबाट ३ हजार दररेट लिने गरेको आरोप छ । यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा–गौंडामा तैनाथ सशस्त्रको टोली तस्करसँग मिलेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् ।
नवलपरासीमा राजश्व अनुसान्धन, भन्सार, नेपाल प्रहरीले एक महिनाको अन्तरालमा करोडौंको सामान जफत गरेको छ । तर तस्कारीको सामान समातेर प्रहरीले भन्सार बुभाएको देखिन्छ तर तस्कर समाएको देखिंदैन । पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्र्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ ।सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ ।
स्थानीयका अनुसार भुजहवा बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । महेशपुर र भुजहवा नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्स्पेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बिओपी छ । सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् भन्ने प्रश्न उठेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतले तामाङसँग २२...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन दशौँ तहका वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा...
काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई)र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि...
काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend