Nepal Face
  • शुक्रबार, १९ भाद्र २०८३
  • फेवातालमा खसेको कार सशस्त्र प्रहरीले निकाल्यो, २ जनाको सकुशल उद्दार


    शुक्रबार, भाद्र १९ २०८३
    25
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भदौ १९ गते बिहान करीव ५ बजे भारतीय नम्बरको कार खस्दा दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

    पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो । सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

    उक्त कारमा सवार भारत घर बताउने २७ बर्षीय अनमोलकुमार यादव र ३३ बर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्वार गरी उपचारको लागि पोखरास्थित जिएमसी अस्पताल लगिएको छ । उनीहरुको अवस्था भने मध्यम रहेको छ ।

    त्यस्तै सो कारमा सवार भारत घर भएका २६ बर्षीय नवदीप कुमार यादव र २६ वर्षिय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोरले उक्त तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । सो पश्चात उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान करीव ६ बजेर २० मिनेटको समयमा मृत्यु घोषणा गरिएको हो । सो तालमा खसेको कारलाई समेत क्रेनको माध्यमबाट बाहिर निकालिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार