बाँके । कनिष्ट र कार्यक्षमतामा कमजोर भए पनि शक्तिकेन्द्रको नाता सम्बन्धका कारण डीआईजीमा बढुवा भएका दीपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेश बिन्ध्यबासिनी बाहिनीको बाहिनीपतिमा सरुवा गर्यो । लुम्बिनीका डीआईजी प्रदीप पाललाई ७ महिनामै सुदूरपश्चिमतिर खेदेर कुँवरलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव समेत रहेका भानु देउवाका बहिनीज्वाई कुँवरलाई बरियता मिचेर डीआईजी बढुवामात्र गरिएन, आकर्षक कमाइ हुने लुम्बिनी प्रदेशको प्रमुखमा सरुवा गरियो ।
जागिरका दौरान एसपी र एसएसपी हुँदा पनि सशस्त्र मुख्यालयको प्रबन्धमा बसी बन्दोबस्तीका सामान खरिदमा ठेकेदार टोपेन्द्र बीसीको समूहबाट कुस्त लाभ लिएका कुँवरले लुम्बिनी प्रदेशको डीआईजी हुनासाथ सादा पोशाकमा घुमुवा परिचालन गरी असुलीमा लागिसकेका छन् ।
सशस्त्र मुख्यालयले सादा पोशाकमा घुमुवा नराख्न परिपत्र पटक पटक गरेको छ, आईजीपी राजु अर्यालले पटक पटक कार्यक्रममा भन्दैआएका छन् । तर डीआईजी कुँवरले सशस्त्र मुख्यालयको नीति र परिपत्रलाई अटेर गर्दै रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा घुमुवा खटाएर दररेट असुल्ने गरेको आरोप छ ।
भानु देउवाको आडमा उनले सशस्त्रको परिपत्रलाई र्नै अटेर गर्दैै विवादित घुमुवालाई खटाएको आरोप छ । डीआईजी कुँवरले देखावटीरुपमा कडाइ गरेको देखाउन फोनमा ठाउँको ठाउँ जागिर खाइदिने भन्दै थर्काएजस्तो पनि गर्ने र भित्रभित्रै विवादित र बिगतमा धेरै गुनासा आएपछि तानिएकाहरुलाई घुमुवाका रुपमा खटाएका केही उदाहरण नै नेपालफेसलाई प्राप्त भएका छन् ।
बर्षौदेखि घुमुवाका रुपमा विवादित सशस्त्र प्रहरीलाई कुँवरले घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् । असई सोमराज शर्मा, सहायक हवल्दार किरण भण्डारी, हवल्दार विशेश्वर चौधरी र सहायक हवल्दार जेके ओलीलाई उनले बाँके र बर्दियामा घुमुवाका रुपमा खटाएका छन् ।
नेपालगंज भन्सारमा कार्यरत असई सोमराज शर्मा डीआईजीको घुमुवाको समेत अतिरिक्त काम गर्ने गर्दछन् । करिब ६ बर्षदेखि बाँकेमा कार्यरत सादा पोशाकमा खटिने गरेका शर्माले डीआईजीका घुमुवाका रुपमा ब्यापारीहरुसँग डिल गर्ने गर्दछन् ।
सहायक हवल्दार किरण भण्डारी घुमुवा अप्रेसनमा ४३ नम्बर गण सुदूरपश्चिममा सरुवा भएका थिए । तर रमाना नलिई पावर लगाएर पुनः बाँकेमै थमौती भएका थिए । बाँकेको कुसुममा घर भएका भण्डारी ८ बर्षदेखि बाँकेमा घुमुवा छन् ।
बरिष्ठ हव बिशेश्वर चौधरी जागिरमा प्रवेश गरेदेखि बाँके बर्दिया नछाड्नेमै पर्दछन् । बर्दिया घर भएका उनलाई यसअघिका डीआईजी प्रदीप पालले घुमुवा कमाण्डर बनाएको थिए । बर्दियामा मात्रै ४ पटक बसेका उनको दरबन्दी कपिलबस्तु हो । २ हप्ताअघि बर्दियाबाट तानिएका उनलाई डीआईजी कुँवरले २ दिनपछि कुरा मिलाएर नेपालगंज भन्सारको बीओपी जैसपुरमा घुमुवाका रुपमा खटाएका छन् ।
सहायक हवल्दार जेके ओलीलाई पनि डीआईजी कुँवरकै घुमुवा थिए । सधैं बाँके बसेका उनलाई असई शर्मासँग कुरा नमिलेपछि दाङ पठाइएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा घुमुवा हवल्दारहरु हस्तबहादुर खत्री र टीकाराज बराललाई परिचालन गरिएको छ । बराल २ बर्षदेखि त्यहाँ कार्यरत छन् ।
बाँके र बर्दियामा खटाइएका घुमुवाका केही उदाहरण यी हुन्, डीआईजी कुँवरले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा समेत सादा पोशाकमा घुमुवा खटाएर तस्करीको लाइन चलाएको आरोप छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend