बाँके । कनिष्ट र कार्यक्षमतामा कमजोर भए पनि शक्तिकेन्द्रको नाता सम्बन्धका कारण डीआईजीमा बढुवा भएका दीपेन्द्र कुँवरलाई सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेश बिन्ध्यबासिनी बाहिनीको बाहिनीपतिमा सरुवा गर्यो । लुम्बिनीका डीआईजी प्रदीप पाललाई ७ महिनामै सुदूरपश्चिमतिर खेदेर कुँवरलाई लुम्बिनी प्रदेशमा सरुवा गरिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव समेत रहेका भानु देउवाका बहिनीज्वाई कुँवरलाई बरियता मिचेर डीआईजी बढुवामात्र गरिएन, आकर्षक कमाइ हुने लुम्बिनी प्रदेशको प्रमुखमा सरुवा गरियो ।
जागिरका दौरान एसपी र एसएसपी हुँदा पनि सशस्त्र मुख्यालयको प्रबन्धमा बसी बन्दोबस्तीका सामान खरिदमा ठेकेदार टोपेन्द्र बीसीको समूहबाट कुस्त लाभ लिएका कुँवरले लुम्बिनी प्रदेशको डीआईजी हुनासाथ सादा पोशाकमा घुमुवा परिचालन गरी असुलीमा लागिसकेका छन् ।
सशस्त्र मुख्यालयले सादा पोशाकमा घुमुवा नराख्न परिपत्र पटक पटक गरेको छ, आईजीपी राजु अर्यालले पटक पटक कार्यक्रममा भन्दैआएका छन् । तर डीआईजी कुँवरले सशस्त्र मुख्यालयको नीति र परिपत्रलाई अटेर गर्दै रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा घुमुवा खटाएर दररेट असुल्ने गरेको आरोप छ ।
भानु देउवाको आडमा उनले सशस्त्रको परिपत्रलाई र्नै अटेर गर्दैै विवादित घुमुवालाई खटाएको आरोप छ । डीआईजी कुँवरले देखावटीरुपमा कडाइ गरेको देखाउन फोनमा ठाउँको ठाउँ जागिर खाइदिने भन्दै थर्काएजस्तो पनि गर्ने र भित्रभित्रै विवादित र बिगतमा धेरै गुनासा आएपछि तानिएकाहरुलाई घुमुवाका रुपमा खटाएका केही उदाहरण नै नेपालफेसलाई प्राप्त भएका छन् ।
बर्षौदेखि घुमुवाका रुपमा विवादित सशस्त्र प्रहरीलाई कुँवरले घुमुवाका रुपमा सादा पोशाकमा खटाएका छन् । असई सोमराज शर्मा, सहायक हवल्दार किरण भण्डारी, हवल्दार विशेश्वर चौधरी र सहायक हवल्दार जेके ओलीलाई उनले बाँके र बर्दियामा घुमुवाका रुपमा खटाएका छन् ।
नेपालगंज भन्सारमा कार्यरत असई सोमराज शर्मा डीआईजीको घुमुवाको समेत अतिरिक्त काम गर्ने गर्दछन् । करिब ६ बर्षदेखि बाँकेमा कार्यरत सादा पोशाकमा खटिने गरेका शर्माले डीआईजीका घुमुवाका रुपमा ब्यापारीहरुसँग डिल गर्ने गर्दछन् ।
सहायक हवल्दार किरण भण्डारी घुमुवा अप्रेसनमा ४३ नम्बर गण सुदूरपश्चिममा सरुवा भएका थिए । तर रमाना नलिई पावर लगाएर पुनः बाँकेमै थमौती भएका थिए । बाँकेको कुसुममा घर भएका भण्डारी ८ बर्षदेखि बाँकेमा घुमुवा छन् ।
बरिष्ठ हव बिशेश्वर चौधरी जागिरमा प्रवेश गरेदेखि बाँके बर्दिया नछाड्नेमै पर्दछन् । बर्दिया घर भएका उनलाई यसअघिका डीआईजी प्रदीप पालले घुमुवा कमाण्डर बनाएको थिए । बर्दियामा मात्रै ४ पटक बसेका उनको दरबन्दी कपिलबस्तु हो । २ हप्ताअघि बर्दियाबाट तानिएका उनलाई डीआईजी कुँवरले २ दिनपछि कुरा मिलाएर नेपालगंज भन्सारको बीओपी जैसपुरमा घुमुवाका रुपमा खटाएका छन् ।
सहायक हवल्दार जेके ओलीलाई पनि डीआईजी कुँवरकै घुमुवा थिए । सधैं बाँके बसेका उनलाई असई शर्मासँग कुरा नमिलेपछि दाङ पठाइएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा घुमुवा हवल्दारहरु हस्तबहादुर खत्री र टीकाराज बराललाई परिचालन गरिएको छ । बराल २ बर्षदेखि त्यहाँ कार्यरत छन् ।
बाँके र बर्दियामा खटाइएका घुमुवाका केही उदाहरण यी हुन्, डीआईजी कुँवरले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा समेत सादा पोशाकमा घुमुवा खटाएर तस्करीको लाइन चलाएको आरोप छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend