लहान । सिरहाबाट सशस्त्र प्रहरी बलले ११ सय किलो गाँजासहितको गाडी नियन्त्रणमा लिएको छ ।
गएराति करिब १ बजे सिरहा जिल्लाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सुरक्षा वेस गोलबजार र सुरक्षा वेस सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा नियन्त्रणमा लिएको हो ।
२६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेका छन । बरामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं। आइतबारबाट काठमाडौंको खुलाञ्चमा सुरु हुने नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन्। खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टी...
काठमाडौं । चाडपर्व वा आपत्कालीन समयमा यात्रुबाट मनपरी हवाई भाडा असुल्ने वायुसेवा कम्पनीहरूलाई सरकारले कडा कानुनी र आर्थिक कारबाहीको दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्मा...
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क ९स्वास्थ्य कक्ष० तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा...
काठमाडौँ। काठमाडौँको मुख्य सहरी क्षेत्रमा आज र भोलि लामो सयमसम्म विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिरकणले शनिबार सूचना जारी गर्दै शनिबार र...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend