काठमाडौं । आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरे पनि अर्का पूर्व प्रबन्ध संचालक डिल्लीराम अधिकारी जोगिएका छन् ।
डिल्लीराम अधिकारीका पालामा एशिया इन्फोले दिएको टेलिकमलाई बिलिङको ठेक्कामा ५ प्रतिशत छुट दिएको थियो । तर सुनिल पौडेल र संगीता पहाडी आएपछि पाउँदैआएको छुट समेत एशिया इन्फोले नदिई त्यसबापत समेत कमिसन दिएको पाइएको थियो । त्यहीकारण उनी बिलिङ ठेक्काको म्यादथप प्रकरणमा जोगिन सफल भएका छन् ।
बिलिङ ठेक्कामा जोगिएका पूर्वएमडी डिल्लीराम अधिकारीले अन्तर्राष्ट्रिय ब्यापार महाशाखाको ३ बर्ष प्रमुख हुँदा जापानको टेलिकम कम्पनी ओसन टेक्नोलोजी लिमिटेड जापानसँग अन्तर्राष्ट्रिय आगमन कलको आम्दानीमा नेपाललाई नोक्सान पारी आफ्नी श्रीमती इन्दू ढकालको नाममा मासिक ३ लाख हिमालयन बैंकमा जम्मा गर्न लगाएको प्रमाण नै सार्वजनिक भइसकेको छ । अमेरिकी डलरमा उनकी श्रीमतीका नाममा ओसन टेक्नोलोजीबाट घुस प्राप्त हुँदैआएको तथ्यसमेत आइसकेको छ ।
यसरी टेलिकमलाई घाटा पारेको भौचरसहितको विवरणको उजुरी परेपछि अख्तियारले डिल्लीराम र उनकी श्रीमती इन्दू ढकालको नाममा रहेका बिभिन्न बैंकका खाता बिबरण माग गरेको थियो भने हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुनसक्नेतर्फ पनि अनुसन्धान गरेको थियो ।
अधिकारी टेलिकमको एमडी हुँदा खरिद गरिएको ६५ करोडको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन सकेको छैन । अधिकारी एमडी हुँदा २०७७ मा ३० करोड रुपैयाँको डिजिटल भुक्तानी प्रणाली ‘नमस्ते पे’ सुरु गरिए पनि उक्त परियोजना असफल भएको छ ।
स्मल सेल र नमस्ते पे प्रोजेक्टमा टेलिकमलाई ९५ करोड नोक्सान पारेको उजुरी अख्तियारमा परेको छ । तर त्यो उजुरीमा छानबिनमा भने बिलम्ब हुँदैआएकोछ । उनले राम थापामार्फत् त्यो उजुरी मिलाउन खोजेको आरोप छ ।
त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend