काठमाडौैं । बिलिङको ठेक्कामा अनियमितता गरेको आरोपमा नेपाल दूरसंचार संस्थान(नेपाल टेलिकम)की प्रबन्ध संचालक संगीता पहाडीसहित १८ कर्मचारी र चिनियाँ कम्पनी एशिया इन्फोका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व प्रबन्ध संचालक सुनिल पौडेलका बिरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले टेलिकमका संचालक समिति अध्यक्ष र बोर्ड सदस्यहरुलाई उन्मुक्ति दिएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालयका पूर्वसचिव हरि बस्याल र अर्थमन्त्रालयबाट बोर्ड सदस्य रहेका भर्खरै बढुवा भएका सचिव भूपाल बराललाई बचाउन खोज्दा बोर्ड सदस्यहरुसमेत जोगिएका छन् ।
दूरसंचार प्राधिकरणको टेरामक्स घोटालामा अख्तियारले तत्कालीन सचिव महेन्द्र गुरुङलाई उन्मुक्ति दिएर तत्काली संचारमन्त्रीलाई मात्र मुद्दा दायर गरेकोमा आलोचना भइरहेको छ । बिलिङको ठेक्कामा पूर्व संचार सचिव बैकुन्ठ अर्याल, हरि बस्याल र वर्तमान सचिव भूपाल बराललाई जोगाइएको छ ।
टेलिकमको बोर्डले नै बिलिङको म्यादथप गर्ने निर्णय गरेको भए पनि प्रबन्ध संचालक र कर्मचारीहरुलाई मात्र मुद्दा दायर गरिएको छ । बस्याल र बराललाई जोगाउँदा पूर्वएमडी डिल्लीराम अधिकारीसमेत जोगिएका छन् । अधिकारीले अन्तर्राष्ट्रिय ब्यापार महाशाखाको ३ बर्ष प्रमुख हुँदा जापानको टेलिकम कम्पनी ओसन टेक्नोलोजी लिमिटेड जापानसँग अन्तर्राष्ट्रिय आगमन कलको आम्दानीमा नेपाललाई नोक्सान पारी आफ्नी श्रीमती इन्दू ढकालको नाममा मासिक ३ लाख हिमालयन बैंकमा जम्मा गर्न लगाएको प्रमाण नै सार्वजनिक भइसकेको छ । अमेरिकी डलरमा उनकी श्रीमतीका नाममा घुस प्राप्त हुँदैआएको तथ्य समेत आइसकेको छ ।
यसरी टेलिकमलाई घाटा पारेको भौचरसहितको विवरणको उजुरी परेपछि अख्तियारले डिल्लीराम र उनकी श्रीमती इन्दु ढकालको नाममा रहेका बिभिन्न बैंकका खाता बिबरण माग गरेको थियो भने हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुनसक्नेतर्फ पनि अनुसन्धान गरेको थियो ।
बिलिङ म्यादथपमा समेत अधिकारी उत्तिकै जिम्मेवार भए पनि उनलाई जोगाउनुलाई आश्चर्य मानिएको छ । त्यसो त अधिकारीका पालामा खरिद गरिएको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन नसकेकाले यसमा उनी सिधै जेल जानसक्ने टेलिकम स्रोत बताउँछ ।
स्मल सेल दूरसञ्चार नेटवर्कको काम सम्पन्न र ड्राइभ टेस्ट भइसकेपछि सिग्नल राम्रो नआउने ठाउँमा राखेर सेवाको गुणस्तर बढाउने प्रविधि हो । सन् २०१९ मा करिब ६५ करोडमा स्मल सेल जडानको सम्झौता भएको थियो । सम्झौता भएको ६ वर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान हुन सकेको छैन । एक वर्षभित्रमा करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि जडान गर्ने भनिए तापनि हालसम्म प्रविधिसमेत उपलब्ध भएको छैन ।
अधिकारी एमडी हुँदा २०७७ मा ३० करोड रुपैयाँको डिजिटल भुक्तानी प्रणाली ‘नमस्ते पे’ सुरु गरिए पनि उक्त परियोजना असफल भएको छ । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले सेटिङमा भारतीय कम्पनी कमभिभालाई ‘नमस्ते पे’ ठेक्का दिएका कारण उक्त परियोजना असफल भएको छ । नमस्ते पेमा समेत अधिकारीमाथि अख्तियारले छानबिन गरिरहेको छ । बिलिङ ठेक्कामा पूर्वसचिव बस्याल र वर्तमान सचिव बराललाई जोगाउँदा अख्तियारले डिल्लीरामलाई जोगाए पनि स्मल सेल र नमस्ते पेमा अख्तियारले उनलाई उन्मुक्ति दिन नसक्ने टेलिकम स्रोत बताउँछ ।
त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ । एनसेलले ६ अर्बमा सम्पन्न गरेको फोरजीको ठेक्का टेलिकमले १८ अर्बमा हुवावेलाई दिएको थियो । एनसेलको उही सेवा ६ अर्बमा सम्पन्न गरेको हुवावेले १ बर्षपछि टेलिकमको फोरजी सेवा १८ अर्बमा सेटिङमा लिएको थियो । जसमा न्यूनतम पनि ८ अर्ब घोटाला गरेको आरोप डिल्लीराममाथि लागेको छ ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend