काठमाडौैं । बिलिङको ठेक्कामा अनियमितता गरेको आरोपमा नेपाल दूरसंचार संस्थान(नेपाल टेलिकम)की प्रबन्ध संचालक संगीता पहाडीसहित १८ कर्मचारी र चिनियाँ कम्पनी एशिया इन्फोका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्व प्रबन्ध संचालक सुनिल पौडेलका बिरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले टेलिकमका संचालक समिति अध्यक्ष र बोर्ड सदस्यहरुलाई उन्मुक्ति दिएको छ । संचार तथा सूचना प्रबिधि मन्त्रालयका पूर्वसचिव हरि बस्याल र अर्थमन्त्रालयबाट बोर्ड सदस्य रहेका भर्खरै बढुवा भएका सचिव भूपाल बराललाई बचाउन खोज्दा बोर्ड सदस्यहरुसमेत जोगिएका छन् ।
दूरसंचार प्राधिकरणको टेरामक्स घोटालामा अख्तियारले तत्कालीन सचिव महेन्द्र गुरुङलाई उन्मुक्ति दिएर तत्काली संचारमन्त्रीलाई मात्र मुद्दा दायर गरेकोमा आलोचना भइरहेको छ । बिलिङको ठेक्कामा पूर्व संचार सचिव बैकुन्ठ अर्याल, हरि बस्याल र वर्तमान सचिव भूपाल बराललाई जोगाइएको छ ।
टेलिकमको बोर्डले नै बिलिङको म्यादथप गर्ने निर्णय गरेको भए पनि प्रबन्ध संचालक र कर्मचारीहरुलाई मात्र मुद्दा दायर गरिएको छ । बस्याल र बराललाई जोगाउँदा पूर्वएमडी डिल्लीराम अधिकारीसमेत जोगिएका छन् । अधिकारीले अन्तर्राष्ट्रिय ब्यापार महाशाखाको ३ बर्ष प्रमुख हुँदा जापानको टेलिकम कम्पनी ओसन टेक्नोलोजी लिमिटेड जापानसँग अन्तर्राष्ट्रिय आगमन कलको आम्दानीमा नेपाललाई नोक्सान पारी आफ्नी श्रीमती इन्दू ढकालको नाममा मासिक ३ लाख हिमालयन बैंकमा जम्मा गर्न लगाएको प्रमाण नै सार्वजनिक भइसकेको छ । अमेरिकी डलरमा उनकी श्रीमतीका नाममा घुस प्राप्त हुँदैआएको तथ्य समेत आइसकेको छ ।
यसरी टेलिकमलाई घाटा पारेको भौचरसहितको विवरणको उजुरी परेपछि अख्तियारले डिल्लीराम र उनकी श्रीमती इन्दु ढकालको नाममा रहेका बिभिन्न बैंकका खाता बिबरण माग गरेको थियो भने हङकङ, सिंगापुर र दुबईमा खाता खोलेको हुनसक्नेतर्फ पनि अनुसन्धान गरेको थियो ।
बिलिङ म्यादथपमा समेत अधिकारी उत्तिकै जिम्मेवार भए पनि उनलाई जोगाउनुलाई आश्चर्य मानिएको छ । त्यसो त अधिकारीका पालामा खरिद गरिएको स्मल सेल ६ बर्षसम्म पनि जडान हुन नसकेकाले यसमा उनी सिधै जेल जानसक्ने टेलिकम स्रोत बताउँछ ।
स्मल सेल दूरसञ्चार नेटवर्कको काम सम्पन्न र ड्राइभ टेस्ट भइसकेपछि सिग्नल राम्रो नआउने ठाउँमा राखेर सेवाको गुणस्तर बढाउने प्रविधि हो । सन् २०१९ मा करिब ६५ करोडमा स्मल सेल जडानको सम्झौता भएको थियो । सम्झौता भएको ६ वर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान हुन सकेको छैन । एक वर्षभित्रमा करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि जडान गर्ने भनिए तापनि हालसम्म प्रविधिसमेत उपलब्ध भएको छैन ।
अधिकारी एमडी हुँदा २०७७ मा ३० करोड रुपैयाँको डिजिटल भुक्तानी प्रणाली ‘नमस्ते पे’ सुरु गरिए पनि उक्त परियोजना असफल भएको छ । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले सेटिङमा भारतीय कम्पनी कमभिभालाई ‘नमस्ते पे’ ठेक्का दिएका कारण उक्त परियोजना असफल भएको छ । नमस्ते पेमा समेत अधिकारीमाथि अख्तियारले छानबिन गरिरहेको छ । बिलिङ ठेक्कामा पूर्वसचिव बस्याल र वर्तमान सचिव बराललाई जोगाउँदा अख्तियारले डिल्लीरामलाई जोगाए पनि स्मल सेल र नमस्ते पेमा अख्तियारले उनलाई उन्मुक्ति दिन नसक्ने टेलिकम स्रोत बताउँछ ।
त्यसो त टेलिकमले १८ अर्बमा फोरजीको ठेक्का हुवावेलाई दिंदा अरबौं घोटाला गरेको आरोप पनि अधिकारीमाथि छ । एनसेलले ६ अर्बमा सम्पन्न गरेको फोरजीको ठेक्का टेलिकमले १८ अर्बमा हुवावेलाई दिएको थियो । एनसेलको उही सेवा ६ अर्बमा सम्पन्न गरेको हुवावेले १ बर्षपछि टेलिकमको फोरजी सेवा १८ अर्बमा सेटिङमा लिएको थियो । जसमा न्यूनतम पनि ८ अर्ब घोटाला गरेको आरोप डिल्लीराममाथि लागेको छ ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend