काठमाडौं । नेपाल टेलिकममा बिलिङ सफ्टवेयरको अरबौंको कामका लागि चलखेल सुरु भएको छ । अमेरिकी कम्पनी सीएसजीआई र चिनियाँ कम्पनी जेडटीईले यस्तो चलखेल गरेको हुन् । सीएसजीआईको नेपाली एजेन्ट रुपक प्रधान र उनी निकट बिचौलियाहरु बालुवाटार, धुम्बाराहीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मिलाएको दाबी गर्दै टेलिकमको बिलिङ सफ्टवेयरको ठेक्का लिने चलखेलमा लागेका छन् ।
टेलिकमले यसअघि चिनियाँ कम्पनी एसिया इन्फोसँग ३ अर्ब रुपैयाँ खर्च गरेर बिलिङ प्रणालीको मर्मत–सम्भार तथा नियमित ब्यवस्थापनका लागि सम्झौता गरेको थियो ।
यो कम्पनीले टेलिकमलाई अरबौंैं घाटा पुर्याइरहेको हुँदा अब नयाँ टेण्डरको तयारीमा थालिएको छ ।
त्यसका लागि रुपक प्रधान एजेन्ट रहेको सीएसजीआईलाई अनुकूल हुनेगरी डकुमेन्ट तयारी हुँदैछ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि यो कम्पनीका एजेन्टजस्तै भएर लागेका छन् ।
टेलिकमको यो ठेक्काका लागि राम थापा नामका दलाल पनि नयाँ कम्पनी खडा गरेर बसेका छन् । यसअघिको एसियन इन्फोसँग भ्रष्टाचार मुद्दामा निलम्बित यसअघिका टेलिकमका एमडी सुनिल पौडेलले ठूलो कमिसन लिएका थिए । पछि अमेरिकी कम्पनीले त्यो भन्दा बढी कमिसन दिने प्रस्ताव गरेपछि पौडेलले रुपक प्रधान र अर्का बिचौलियाको प्रभावमा परेर यो कम्पनीलाई सम्झौता थप नगर्ने निष्कर्षमा पुगेका थिए ।
बिलिङ सफ्टवेयरका लागि अमेरिकाको आइडीम ओराकल, नेट क्याकर, चिनियाँ कम्पनी जेडटीई लगायत सक्रिय रुपमा लागेका छन् । नेपाल टेलिकममा एटुपी म्यासेजको काम राम थापाको कम्पनीले गरिरहेको छ । अख्तियारका पदाधिकारीसँग सुसम्बन्ध भएको देखाउँदै उनी लगायत ४ वटा कम्पनीले बर्षको १ अर्बको यो काम विनाटेण्डर गर्दैआएका छन् । टिकटकको नेपाली एजेन्ट समेत रहेका राम थापाले नेट क्याकर कम्पनीबाट यो काम गरिरहेको टेलिकम स्रोतको भनाइ छ ।
एशियन इन्फोका नेपाली एजेन्ट दिनेश श्रेष्ठ हुन् । एशियन इन्फोबाट बिलिङ गर्दा नेपाल टेलिकमलाई बार्षिक साढे २ अर्ब रुपैयाँ घाटा हुने गरेको स्रोतले बताएको छ । यो कम्पनीको कैफियतका बारेमा अख्तियारमा उजुरी पनि परेको छ । तर दिनेश श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली निकट ब्यापारी भएकाले अख्तियारले एक्सन लिन नसकेको चर्चा छ । यो कम्पनीका कारण बार्षिक साढे २ अर्ब घाटामात्र होइन, सिष्टममा पटक पटक समस्या आउने गरेको छ ।
एशियन इन्फोका बारेमा धेरै गुनासा आएको र घाटा समेत भएकाले उसको समय थपिने संभावना न्यून छ । एशियन इन्फोको बिकल्पमा चिनियाँ कम्पनी जेडटीई र सीएसजीआईलाई प्रवेश गराउने खेलमा दिनेश श्रेष्ठ र रुपक प्रधान लागेका छन् ।
दिनेश श्रेष्ठ र रुपक प्रधान पनि कतिपय कम्पनीमा साझेदार भएकाले उनीहरु चिनियाँ कम्पनी जेडटीई र सीएसजीआईलाई बिलिङ सिष्टमको ठेक्का लिने खेलमा लागेका छन् । दिनेश श्रेष्ठ सकेसम्म जेडटीईलाई छिराउने, रुपक प्रधान सीएसजीआईलाई प्रवेश गराउने खेलमा लागेका छन् । संचार सचिव राउत अमेरिकी कम्पनी सीएसजीआईको बढी लबिङ गर्दा चिनियाँ कम्पनी हुवावे र जेडटीईले ललिता निवासमा उनलाई मुद्दा दायर गर्न लगाई निलम्बन गराएका थिए ।
रुपकले भूषण मार्फत् सीएसजीआईलाई टेलिकमको ठेक्का दिलाउन डा. आरजु राणालाई मिलाएको दाबी गर्दैआएका छन् । सीएसजीआईमा रुपक प्रधान प्रत्यक्ष देखा नपरी अर्का एक बिचौलियालाई सेटिङ मिलाउन परिचालन गरेका छन् । ती बिचौलियाले सोही ठेक्का मिलाउन तारन्तार गंगा दाहाललाई भेट्ने गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend