विष्णुप्रसाद होमागाई
मलंगवा । नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय अन्तर्गत आठौं तहमा कार्यरत रामनरेश रायले छिमेकी सुनन्दन देवीको घरमा गएर कुटपिट र ढुंगामुढा गरी वितण्डा मच्चाएका छन् ।
कानूनबमोजिम नक्सापास गरी बनाइएको सुनन्दन देवीको घरबाट बाटो माग गरेका रायले नपाएपछि बितण्डा मच्चाएका हुन् । सुनन्दन देवीको कम्पाउण्डभित्रको जग्गाबाट जबर्जस्ती बाटो माग गर्दा उच्च अदालत जनकपुरले मन्जुरी बिना नचलाउनू-नभत्काउनू भन्ने आदेशसमेत जारी गरेको छ । तथापि आदेशबिपरीत रायको परिवार अपराधिक कार्यमा लाग्दै आएको छ । साथै सांघातिक आक्रमणमा उत्रिएको प्रष्ट देखिन्छ ।
यही माघ ३ गते रायले छिमेकी सुनन्दन देवीका श्रीमान् उपेन्द्र ठाकुर ललितपुरको शंखमुलस्थित कारखानामा काम गरिरहेको अवस्थामा सर्लाहीको मलंगवास्थित घरमा गएर हातपात गर्ने र लाठीसहित हुल नै लिएर घरमा ढुंगामढा गर्न लगाएपछि स्थानीय प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरीले भ्यानमा राखि कार्यालय पु¥याएर थुनामा राखेको थियो ।
आठौं तहका अधिकृत नै अपराधिक धन्दामा लागेपछि जिल्ला प्रहरी कार्यालयका अधिकृतहरु नै तीनछक परेका छन् । थुनामा परेपछि कुटपीट गरी तर्साएर छिमेकीलाई जबर्जस्ती बाटो दिन लगाउने उनको योजना तुहिएको छ । तथापि आफ्नो जागिर नै जाने भन्दै रोइकराई गरेपछि अधिकृत रायलाई जिल्ला प्रहरी कार्यालयमा कागज गरी छाडिएको छ । मलंगवा नगरपालिका वडा नम्बर ४ मा नक्साबिनै घर बनाएका रायले बाटो नभएको जग्गा खरिद गरेका हुन् । अहिले स्थानीयले उनको नक्साबिनै बनाएको घर भत्काउन निवेदन दिने बताएका छन् ।
यसरी रायले श्रीमती सोवितादेवी यादवलाई लाठी, ढुंगा र इट्टा लिएर छिमेकीलाई मारपिट गर्न पठाएका थिए । उनी काठमाडौंको छाउनीस्थित वायरलेस सेवा निर्देशनालय अन्तर्गतको जावलाखेलबाट जागिर बिदा लिएर मलंगवा पुगेका हुन् । सत्यको पक्षमा बोल्ने अर्का छिमेकी सत्य नारायण चौधरीलाई रायको अपराधिक समूहले कुटपीट गरेको भिडिओ प्रष्ट देख्न सकिन्छ । तथापि उनले पहुँचकै भरमा घरेलु हतियार लिएर जाँदासमेत छुट पाएका छन् ।
रायलाई यो अवैध कामका लागि वडाध्यक्ष रविन्द्र यादवले सहयोग गरेका छन् । वडाध्यक्ष यादवले आफ्नी छोरीको विवाह अधिकृत रायको छोरासँग हुने निश्चित भएपछि उनको पक्षमा लागेको बुझिएको छ । रायका हुनेवाला सम्धी वडाध्यक्ष यादवले नै जिम्मा लिएर प्रहरी हिरासतबाट छुटाएका छन् ।
यसरी जागिर जोगाइदिन हारगुहार गरेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले कागज गरी छाडिदिएको हो । उपेन्द्र यादवको संघीय समाजबादी पार्टीबाट टिकट पाएका यादव एकपक्षीय ढंगले रायका पक्षमा निर्णय गर्दै आएका छन् । रायले हुल नै लिएर कुटपीट गरेको भिडिओ सुरक्षित छ ।
अधिकृत राय लाठीसहित लिएर जाँदा एक कुनामा लुकेर बसेका थिए । श्रीमतीले भने पहेलो रंगको लाठीले सुनन्दन देवीको पक्ष लिएको भन्दै अर्का छिमेकी सत्य नारायण चौधरीलाई लाठीले हानेको भिडिओमा प्रष्ट देखिन्छ । यस विषयमा तपाई अधिकृत तहको कर्मचारी छिमेकीलाई सांघातिक आक्रमण गर्न भन्दै लाठी लिएर जाने हो ? भन्ने प्रश्नमा राय भन्छन् गाउँका मुखिया र भद्रभलाद्मी राखेर मिलापत्र गरिएको हो ।
अधिकृत रायका विरुद्धमा अख्तियारमा उजुरी
टेलिकमको आठौं तहमा कार्यरत रायले झण्डै १० करोडको अकूत सम्पत्ति जोडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अधिकृत रायले अवैध तरिकाले काठमाडौंको धोबीघाटमा साढे तीन तलाको महल, मलंगवा नगरपालिका वडा नम्बर ४ मा एउटा घर र सर्लाहीमै तीन विघा जमिन जोडेका छन् । उनले अन्य सम्पत्ति नातेदारका नाममा पनि राखेको बुझिन आएको छ । यही माघ ३ गते उनले टेलिकमकै आठौं तहमा कार्यरत भएर अकूत सम्पत्ति कमाएको उजुरीमा उल्लेख छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend