Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नेपाल टेलिकमको नाफा २ अर्ब २ करोड भन्दामाथि


    शनिबार, कार्तिक २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षमा दुई अर्बभन्दा बढी नाफा कमाएको छ । शुक्रबार प्रकाशित चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो कुरा उल्लेख छ ।

    सो वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

    चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

    यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम टेलिकमले जनाएको छ ।

    त्यस्तै गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार