काठमाडौं । एक ब्यापारीले प्रहरीका हाकिमलाई प्रभावमा पारी सोझा नागरिकलाई कतिसम्म दुःख दिन्छन् भन्ने उदाहरण हुन् कमलादीमा रहेको टीबीजी कन्सलटेन्सीका संचालक सिद्धार्थ बेगानी । बेगानीको कमलादीमा यूरोप लगायतका देशमा विद्यार्थी अध्ययन गर्न पठाउने टीबीजी कन्सलटेन्सी छ । उक्त कन्सलटेन्सीमा आशा शशी विश्वास कर्मचारीका रुपमा कार्यरत थिए ।
टीबीजी कन्सलटेन्सीबाट २० जना लण्डनमा पठाउने कागजात तयार गर्न विश्वासलाई बेगानी नै लगाए । विश्वासले सबैको कागजात तयार गरी भिसाका लागि आवेदन दिए । २० जनाको भिसा स्वीकृत भयो । केहीको भिसा रिजेक्ट भयो । केही विद्यार्थीको भीसा नआएपछि कन्सलटेन्सीका संचालक बेगानीले विश्वासले नै डकुमेन्ट पूरा नगरेकाले ३ जनाको पैसा तिर भनेर दबाब दिन थाले ।
तैंले गर्दा भिसा नआएको भन्दै उनलाई पैसा तिर्न टर्चर दिन थालिएको पीडितको भनाइ छ । कर्मचारीका रुपमा कार्यरत रहेको र कन्सलटेन्सीका संचालकले अह्राएको काम गरेकोले भिसा नआएकै भरमा मैले कसरी ब्यहोर्ने भनेर आग्रह गरेको शशीले बताउँदैआएका छन् । डकुमेन्ट नपुगेको भए ५० जनाकै भिसा रिजेक्ट हुनुपर्ने हो, तीनजनाको मात्र किन भयोे भन्दा पनि बेगानीले एकोहोरो विश्वासलाई मानसिक टर्चर दिएको उनले जिल्ला अदालत काठमाडौंदेखि प्रहरी प्रधान कार्यालयमा दर्ता गरेको निवेदनमा उल्लेख छ ।
टर्चरले मात्र नपुगेर बेगानीले उनलाई उनको बैंकको चेक माग फर्ममा हस्ताक्षर गर्न लगाए । र, ती चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिए । आशा शशीको सिद्धार्थ बैंकको ३ वटा चेकमा ९ लाख ९९ हजारका दरले रकम लेखेर जबर्जस्ती हस्ताक्षर गर्न लगाए । थप ३ वटा खाली चेक समेत लिए । र, बेगानीका बाबु शक्ति बेगानीको गणपति ज्वेलर्स न्यूरोडमा जाने भनेर जबर्जस्ती गाडीमा राखेर सोझै भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराकोमा लगेको पीडितको भनाइ छ ।

एसपी बोहराले पीडित ‘अब तँ जेलमा सड्ने भइस्,’ भनेर गर्दै नगरेको गल्तीमा पैसा जसरी पनि तिर्न टर्चर दिएको पीडित पक्षको भनाइ छ । बेगानीका कर्मचारी र उनले नै भनेर २० जनाको भिसा आवेदन गर्दा केही ब्यक्तिको भिसा नआउँदा आशाशशीलाई प्रहरी अधिकारीसँगको सम्बन्ध राम्रो भएकाले चरम अन्याय गरिएको पीडितको रोदनले पनि देखाएको छ । विश्वासले आफूलाई जबर्जस्ती फसाउन खोजिएको, चेक लुटेर जबर्जस्ती काटिएको कन्सलटेन्सीको सीसीटीभ फुटेज हेरे सबै खुलस्त हुने अनुरोध गर्दा पनि प्रहरीले उल्टै तर्साएको बताए ।
गर्दै नगरेको अपराधमा सोझा र गरिब थारुका छोरालाई एसपी बोहराले बेगानीको प्रभावमा परी तुरुन्त चेकमा लेखिएको रकम तिर्न दबाब दिने काम गरेको आरोप छ । खातामा जम्मा १ हजार भएको कर्मचारीलाई ३० लाख चेकमा लेखिएको र थप खाली चेकको रकमसमेत तिर्न दबाब प्रहरीले नै दिएपछि विश्वासले आफन्त र कानुन ब्यवसायीसँग गुहार मागे ।
कानुन ब्यवसायीसहित परिसरमा पुगेर एसएसपी विश्व अधिकारीलाई भेटे । कानुन ब्यवसायीसहित एसएसपी कार्यकक्षमा जाँदा सिधै ‘तँ ठग होस्’ भनेर एसपी बोहराले एकतर्फी रुपमा ब्यापारी बेगानीको पक्ष लिएर विश्वासलाई थर्काएको पीडितको आरोप छ । प्रमुख अधिकारीले पनि शैक्षिक कन्सलटेन्सी संचालकको पक्ष लिएर बोल्दा चुपचाप बसेपछि पीडित पक्षले न्याय माग्न अदालतमा पुग्नुको बिकल्प नभएको बताएको छ ।
एसपी बोहराले विद्यार्थीको फेक डकुमेन्ट बनाएको आरोपमा उनलाई बोलाएको बताउँदैआएका छन् । तर कन्सलटेन्सीका संचालककै सहमतिमा कर्मचारीले बनाएका हुन सक्छन् । फेक डकुमेन्ट बनाउन निर्देशन दिने बेगानीलाई पक्राउ गर्नुपर्ने हो । तर बेगानीकै प्रभावमा परी विश्वासका बिरुद्ध फेक डकुमेन्ट बनाएको भन्दै तर्साएर रकम असुली गराउन खोजेको पीडित पक्षको भनाइ छ । अदालतमा मुद्दा दर्ता गरिसकेपछि पनि एसपी बोहराले बेगानीको पक्ष लिंदै ठाडो उजुरी शाखाका प्रहरी निरीक्षकलाई फोन गर्दै तनाब दिने काम भएको पीडित विश्वासले बताए ।
जिल्ला परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी अपिलराज बोहरालाई बेगानीको पक्ष लिएर एक निरपराध गरिबलाई दुःख दिने, जबर्जस्ती काटिएको चेकको रकम तिर्न दबाब दिनुभयो रे नि भन्ने प्रश्नमा उनले भने–‘एकतर्फी कुरा नसुन्नुहोस् ।’ उनले फेक डकुमेन्ट बनाएकाले भिसा रिजेक्ट भएको र कहिल्यै बेलायत जान नपाउनेगरी प्रतिबन्धित हुनुपरेको जाहेरी विद्यार्थीले दिएको आधारमा बेगानीका कर्मचारी विश्वासलाई बोलाइएको हो । एकपटक पहिला पनि छलफल भइसकेको, त्यो समयमा पैसा दिन्छु भनेर विश्वासले भनेका थिए । तर पैसा नदिएपछि विद्यार्थीले ठगीको जाहेरी ल्याएकाले छलफलका लागि बोलाइएको हो । तर विश्वासले उल्टै मबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दिनुभएको रहेछ ।’
एसपी बोहराले फर्जी कागजात बनाएको जाहेरी परेकाले विश्वासलाई बोलाइएको बताएका छन् । तर कन्सलटेन्सी संचालकले नै फेक डकुमेन्ट बनाउन लगाएका हुन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग हुँदा पनि उनले किन ती सोझा विश्वास चौधरीलाई मात्र बोलाए भन्ने प्रश्न पीडितका आफन्तजनको छ–‘बेगानीको कन्सलटेन्सीमा उनको निर्देशनविना फर्जी डकुमेन्ट बनाउन कर्मचारीले मात्र सक्छन् ? बेगानीका बाबु शक्ति बेगानी गणपति ज्वेलर्सका संचालक भएको र एसपी बोहराको उनीसँग पहिल्यैदेखि सम्पर्क र सम्बन्ध भएकाले फर्जी कागजातमा कामदारलाई फसाएर मालिकलाई उम्काउन मद्दत गरिएको हो ।’
पीडितका आफन्त भन्छन्–फर्जी कागजात तयार गर्न लगाउने टीबीजीले विद्यार्थीसँग सबै शुल्क लिने, भिसा रिजेक्ट भएपछि प्रहरीसँगको सम्बन्धका आधारमा कामदार फसाउने कार्य बेगानीले गरेको सोझै देखिन्छ । तर निरीह कामदारलाई बलीको बोको बनाउन खोज्दा बेगानीको कन्सलटेन्सीमाथि फर्जी कागजातका आधारमा बिद्यार्थी विदेश अध्ययनका लागि पठाउने गरेको आरोपमा छानबिन पो गर्नुपर्नेमा प्रहरीले उल्टै लाए अह्राएको काम गर्ने कामदार फसाउन खोेजेको छ ।
पीडित विश्वासले प्रहरी मुख्यालयलाई निवेदन, न्याय पाउँ
बेगानीको कन्सलटेन्सीमा काम गर्ने पीडित आशाशशी विश्वासले १३ जेठ, २०८२ मा प्रहरी प्रधान कार्यालयमा समेत आफू अन्यायमा परेकाले न्याय पाउँ भनी निवेदन दर्ता गराउन गएका थिए । तर प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता नभएपछि उनले हुलाकमार्फत् निवेदन पठाएका छन् । जुन निवेदनमा उल्लेख छ–विगत १ वर्ष अगाडिदेखि म टीबीजी कन्सल्टेन्सी कमलादीमा काम गर्दै आएको थिएँ । त्यही क्रममा सो कन्सलटेन्सीबाट स्टुडेन्ट भिसामा यूकेमा अध्ययनका लागि २० जनाले आवेदन गरेका थिए ।
आवेदन दिएकामध्ये केही विद्यार्थीकोको भिसा अस्वीकृत भएको थियो । सोही क्रममा मलाई अफिसमा राखी जबर्जस्ती चेक माग फर्ममा सही गर्न लगाई केही व्यक्ति राखी खाली चेकमा सही गर्न लगाइयो । जिल्ला प्रहरी परिसर भद्रकालीमा लगि एसपी अपिलराज बोहरा सरको कोठामा लगि धाकधम्की दिंदै त पैसा तिर्छस् कि नत्र तँलाई थुनौं भन्दै मलाई जबर्जस्ती पैसा तिर्छु भन्न लगाइयो । सोही क्रममा मैले कन्सल्टेन्सी र एसपी अपिलराज बोहोराविरुद्ध जिल्ला अदालत काठमाडांैमा मुद्दा दतौ गरेको छु ।’
त्यसपछि पनि मलाई जिल्ला प्रहरी परिसरबाट पटक–पटक फोन गरी यातना दिने भइरहेको र चेक जबर्जस्ती लुटपाट गरेको प्रमाणित गर्न कन्सलटन्सीको सीसी टिभी फुटेज जाच गराइदिन अनुरोध गर्दा ‘तँ फटाहाले ठूलो कुरा गर्ने तेरो परिसरभित्र बस्ने औकात छैन’ भन्दै पैसा तिर्नुपर्ने भनियो ।
यसै कारणले मैले आफू अन्यायमा पर्दा, प्रहरी समक्ष सहयोग माग्दा पनि आवश्यक सहयोग नपाएको र उल्टो आफैंले यातना, मासिक तनाव पाएकोले प्रहरी प्रधान कार्यालयमा उक्त कन्सलटेन्सी र काठमाडौं प्रहरी परिसरको सिसिटिभी फुटेज र कन्सलटेन्सीका मालिक सिद्धान्त बेगानी ( ९८०१०… र उहाको बुवा शक्ति बेगानी ९९८०…. र एसपी अपिलराज बोहराको कल रेकर्ड पनि झिकाई जाँच गरी पाँउ भनी यो निवेदन पेश गरेको छु ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend