Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद बजगाईंको सुझाव- नयाँ संसद् भवनमा ‘बार’ निर्माण गरौँ


    शुक्रबार, असार १ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सिंहदरबारभित्र निर्माणाधिन संसद् भवनभित्र ‘बार’ बनाउनुपर्ने सुझाव दिएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद बजगाईले बनिरहेको संसद् भवनमा ‘बार’ निर्माण गर्न सुझाव दिएका हुन् ।

    उनले भने- ‘अधिकांश माननीयहरू मदिरा पिउनुहुन्न । लन्डन स्कुल अफ इकोनोमिक्सको क्यान्टिनमा जाँदा त्यहाँ पनि बार रहेछ । त्यसको लिमिटेसन हुन्छ । सम्माननीय सभामुख महोदय अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुन आउँदा सोसलाइजेसन गर्ने बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहेको ।’

    उनले आफूले अमेरिकामा सन् २००६ को भ्रमणको क्रममा सिनेटको अफिसमा बार देखेको बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार