काठमाडौं । लाजिम्पाटमा रहेको शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि. ले कतार प्रहरीमा पठाउनका लागि नेपाली युवासँग प्रतिब्यक्ति २५ लाखदेखि ३० लाख रुपैयाँसम्म असुली गरेको छ ।
शिखर म्यानपावरले नेपाल सरकार बैदेशिक रोजगार बिभागबाट अनुमति नलिई सूचना समेत प्रकाशित नगरी १ सय ८० जनासँग २५ देखि ३० लाख रुपैयाँ लिई कतार पठाइसकेको स्रोतले बताएको छ । । २५ लाखका दरले उठाउँदा पनि शिखर म्यानपावरले ४५ करोड रुपैयाँ उठाइसकेको छ ।
केही दिनअघिमात्र दोस्रो लटमा २० जनालाई कतार प्रहरीमा पठाउनका लागि ३० लाखसम्म रकम उठाई अन्तर्वार्ता समेत लिइसकेको छ । २५ देखि ३० लाख लिएर कतार प्रहरीमा पठाएको सूचना लिक हुन नदिन शिखर म्यानपावरका संचालक अनुराज प्रधानले विश्वासपात्रहरुलाई मात्र परिचालन गरेका छन् । ती विश्वासपात्र एजेन्टमार्फत् नै कतार प्रहरीमा मासिक २ लाख ५० हजार तलव आउने भन्दै ३० लाख नेपाली युवाहरुबाट उठाइरहेका छन् ।
सरकारले नै सहुलियत दरमा आकर्षक गन्तब्य कोरियामा कामदार पठाउँदैआएको छ । आकर्षक तलव प्राप्त हुने ठाउँमा नेपाली जानु राम्रो हो तर शिखर म्यानपावरले सरकारलाई जानकारी नै नदिई कतार प्रहरीमा ३० लाख असुली गर्दै पठाएको छ ।
१० हजार रुपैयाँ शुल्क लिएर वैदेशिक रोजगारमा जान सकिने देशको नियम छ । तर शिखर म्यानपावरका संचालक अनुराज प्रधानले ३० लाखसम्म असुली गरी कतार पठाउँदा पनि राज्य मौन छ । राज्यका निकाय मौन छन् ।
बैदेशिक रोजगार बिभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने–‘सूचना निकालेर, प्रतिस्पर्धा गराई सरकारले तय गरेको दररेट भन्दा बढी रकम लिन पाइँदैन । यदि शिखर म्यानपावरले त्यति धेरै रकम लिएको हो भने ठगीमा कारबाही हुन्छ ।’
२०७७ देखि नै कतार प्रहरीमा नेपाली कामदारको माग भएको भनी दिल श्रेष्ठ लगायतका म्यानपावर ब्यवसायीहरुले कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा तथा स्वकीय सचिव भानु देउवाबाट कोटा लिने भनेर करोडौं उठाएका थिए । तर कतारी दूताबासका कर्मचारीसँग मिलेर शिखर, एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल जस्ता म्यानपावरले भित्रभित्रै अन्तर्वार्ता लिएपछि बैदेशिक रोजगार बिभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहालले रोकेका थिए । २०७७ मंसिर ९ गते बिभागले अनुगमन गर्दा अन्तर्वार्ता लिइरहेका शिखर र होप म्यानपावरको कार्यालयमा त कतारी दूताबासको कूटनीतिक सवारीसाधन नै भेटिएको थियो ।
कतार प्रहरीमा नेपाली कामदार पठाउनु राम्रो हो । मासिक ६ ६ हजार कतारी रियाल(करिब ने.रु. २ लाख २५ हजार) पाउने कतार प्रहरीमा पठाउँदा शिखर म्यानपावरले २५ देखि ३० लाख असुली गर्नुलाई भने लुटकै संज्ञा दिइएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend