काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल बिभाग सुधारको अभियानमा छन् । तर त्यही बिभागका अनुगमन शाखाका निर्देशक जगदिश अर्यालले भने सेटिङका आधारमा कालाबजारीयालाई र कम तौलका उत्पादन बिक्री गरी ठगी गर्नेहरुलाई सघाउ पुर्याउँदै आएका छन् ।
दिनहुँ दर्जनभन्दा माथि उपभोग्य सामान उत्पादन र बिक्री बितरण गर्ने डिलर र पसलमा छापा हानी अनुगमनलाई तीव्रता दिएको छ । बिभागले कागजातसहित उपस्थित हुन पत्राचार गरेका ब्यापारीहरुसँग अर्यालले सेटिङ गर्दैआएको आरोप छ । अर्यालको भूमिकाले गर्दा बिभागको कामकारबाहीमा प्रश्न उठ्न थालेको छ ।
गत महिनामात्रै अनुगमन शाखाको निर्देशकमा सरुवा भएका अर्याल आफूसँग निकट ब्यापारीक घरानामा मात्रै अनुगमनमा जाने र ठूलो कैफियत भए पनि सामान्य सचेत गराउँदै बचाउँदैआएका छन् । उनलाई हालैमात्र सरुवा भएर गएका शाखा अधिकृत विश्वराज दाहालले सघाउँदैआएका छन् । अर्यालले पछिल्लो समय आफू मातहतका अनुगमन अधिकृतहरुले कैफियत देखाएका ब्यापारीहरुसँग बिभाग बाहिर रेष्टुरेन्ट र क्याफेतिर भेटेर सेटिङ मिलाउने कार्यसमेत गरेको आरोप छ ।
करोडौं राजस्व छलीमा मुछिएका कमलकिशोर मालपानी, दीपक भट्टहरुले संचालन गरेको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा छापाहानी सिलबन्दी गरिएको छ । उक्त सिलबन्दी खुलाउन महानिर्देशक दाहालमाथि चौतर्फी दबाब आए पनि उनले कुनै हालतमा पनि कारबाही गरेर छाड्ने अडान राख्दैआएका छन् । तर अर्यालले भने मालपानीका एजेन्टहरुसँग भेटेर महानिर्देशकको साहसिक कार्यलाई तुहाउने खेलमा लागेको आरोप छ । बिभागले उक्त कम्पनीलाई बजारमा गएको करोडौंको कम तौलको गुट्खासहितका उत्पादन कम्पनीमै फर्काउन लिखित पत्राचार गरिसकेको छ । करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिका समेत संचालक रहेका दीपक भट्ट र पूर्व विवादित नायबसुब्बा रघुनाथ घिमिरे पनि मालपानीको कारबाही फासफुस पार्न शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् ।
यसैगरी, अर्यालले गतहप्तामात्र बिभागले विश्वनाथ साहको चन्द्रागिरीस्थित विश्वनाथ ट्रेड हाउस प्रालि र विश्वनाथ ओभरसिज प्रालिमा छापा हानेको थियो । विश्वनाथले आयात गरेको हल्दिराम भुजिया, रचना सिन्थेटिकमा गोदाममा छापा हानी सिलबन्दी गरेको छ । एमआरपी नराखी कालोबजारी गरेको आरोपमा उक्त गोदाममा छापा हानी सिलबन्दी गरिएको थियो । हालसम्म बिभागको सम्पर्कमा नआएका उक्त कम्पनीका संचालकहरुसँग गोप्यरुपमा भेटेर उक्त सिलबन्दी खोलाउन निर्देशक अर्याल सक्रिय भएको आरोप छ ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टको दबाबमा परी अर्यालले उक्त सिलबन्दी खोल्नका लागि महानिर्देशक दाहाललाई समेत सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुुसार बार्षिक करोडौंको कारोबार गर्दैआएको उक्त कम्पनीको कालोबजारी गर्ने, प्रतिबन्धित उपभोग्य सामानहरु खुलेआम बिक्री गर्ने साह सहितका संचालकलाई जोगाउन अर्यालले गरेको चलखेलमा भट्टको समेत साथ र सहयोग रहेको छ ।
छालासम्बन्धी बिभिन्न सामान आयात गर्दैआएका आयातकर्ताहरुलाई जोगाउनका लागि पनि अर्याल उत्तिकै सक्रिय रुपमा लागेका छन् । एक तथ्यांकअनुसार नेपालमा १ दर्जन छालासम्बन्धी सामानका आयातकर्ता रहेको र उनीहरुले एमआरपी बिना नै २ सय प्रतिशतसम्म मुनाफा लिएर बिक्री बितरण गरेको पाइएपछि बाणिज्य बिभागले छापा हानी सबैलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।
बिभागको पछिल्लो सक्रियतालाई रोक्नका लागि अर्यालमात्र होइन, मन्त्रीका सचिवालययका कर्मचारीसमेत सक्रिय रहनुले दाहालको मिसन सफल हुने कुरामा आशंका पैदा भइरहेको छ । कालोबजारी नियन्त्रण गरी स्वच्छ प्रतिस्पर्धा कायम गर्न सक्रियतापूर्वक लागेका दाहाल आफ्नो अभियानमा अविचलित छन् ।
बिभागले छापा हानेका उत्पादकहरुसँग होटल र क्याफेमा भेटेकोबारेमा निर्देशक अर्यालले भने–‘कार्यालयमा त भेट्नै पर्छ । म कार्यालयबाहिर गएर कसैलाई भेटेको छैन ।’ उनले प्रश्न गरे–यस्तो असत्य कुराका आधारमा समाचार किन बनाइन्छ ?
काठमाडौं । बिचौलिया ब्यापारीको सेटिङमा आकर्षक भन्सार कार्यालयका प्रमुखको सरुवा हुने विगतको परम्परा वालेन्द्र शाह नेतृत्वको सरकारमा पनि कायमै रहेको खुलासा भएको छ ।...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend