Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बाणिज्यका डीजी कालाबजारीयालाई तह लगाउँदै, निर्देशक सेटिङमा रमाउँदै


    बिहिबार, बैशाख २५ २०८२
    3.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल बिभाग सुधारको अभियानमा छन् । तर त्यही बिभागका अनुगमन शाखाका निर्देशक जगदिश अर्यालले भने सेटिङका आधारमा कालाबजारीयालाई र कम तौलका उत्पादन बिक्री गरी ठगी गर्नेहरुलाई सघाउ पुर्याउँदै आएका छन् ।

    दिनहुँ दर्जनभन्दा माथि उपभोग्य सामान उत्पादन र बिक्री बितरण गर्ने डिलर र पसलमा छापा हानी अनुगमनलाई तीव्रता दिएको छ । बिभागले कागजातसहित उपस्थित हुन पत्राचार गरेका ब्यापारीहरुसँग अर्यालले सेटिङ गर्दैआएको आरोप छ । अर्यालको भूमिकाले गर्दा बिभागको कामकारबाहीमा प्रश्न उठ्न थालेको छ ।

    गत महिनामात्रै अनुगमन शाखाको निर्देशकमा सरुवा भएका अर्याल आफूसँग निकट ब्यापारीक घरानामा मात्रै अनुगमनमा जाने र ठूलो कैफियत भए पनि सामान्य सचेत गराउँदै बचाउँदैआएका छन् । उनलाई हालैमात्र सरुवा भएर गएका शाखा अधिकृत विश्वराज दाहालले सघाउँदैआएका छन् । अर्यालले पछिल्लो समय आफू मातहतका अनुगमन अधिकृतहरुले कैफियत देखाएका ब्यापारीहरुसँग बिभाग बाहिर रेष्टुरेन्ट र क्याफेतिर भेटेर सेटिङ मिलाउने कार्यसमेत गरेको आरोप छ ।

    करोडौं राजस्व छलीमा मुछिएका कमलकिशोर मालपानी, दीपक भट्टहरुले संचालन गरेको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा छापाहानी सिलबन्दी गरिएको छ । उक्त सिलबन्दी खुलाउन महानिर्देशक दाहालमाथि चौतर्फी दबाब आए पनि उनले कुनै हालतमा पनि कारबाही गरेर छाड्ने अडान राख्दैआएका छन् । तर अर्यालले भने मालपानीका एजेन्टहरुसँग भेटेर महानिर्देशकको साहसिक कार्यलाई तुहाउने खेलमा लागेको आरोप छ । बिभागले उक्त कम्पनीलाई बजारमा गएको करोडौंको कम तौलको गुट्खासहितका उत्पादन कम्पनीमै फर्काउन लिखित पत्राचार गरिसकेको छ । करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स प्रालिका समेत संचालक रहेका दीपक भट्ट र पूर्व विवादित नायबसुब्बा रघुनाथ घिमिरे पनि मालपानीको कारबाही फासफुस पार्न शक्तिकेन्द्रबाट दबाब दिइरहेका छन् ।

    यसैगरी, अर्यालले गतहप्तामात्र बिभागले विश्वनाथ साहको चन्द्रागिरीस्थित विश्वनाथ ट्रेड हाउस प्रालि  र विश्वनाथ ओभरसिज प्रालिमा छापा हानेको थियो । विश्वनाथले आयात गरेको हल्दिराम भुजिया, रचना सिन्थेटिकमा गोदाममा छापा हानी सिलबन्दी गरेको छ । एमआरपी नराखी कालोबजारी गरेको आरोपमा उक्त गोदाममा छापा हानी सिलबन्दी गरिएको थियो । हालसम्म बिभागको सम्पर्कमा नआएका उक्त कम्पनीका संचालकहरुसँग गोप्यरुपमा भेटेर उक्त सिलबन्दी खोलाउन निर्देशक अर्याल सक्रिय भएको आरोप छ ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टको दबाबमा परी अर्यालले उक्त सिलबन्दी खोल्नका लागि महानिर्देशक दाहाललाई समेत सिफारिस गरेको स्रोतको दाबी छ । स्रोतका अनुुसार बार्षिक करोडौंको कारोबार गर्दैआएको उक्त कम्पनीको कालोबजारी गर्ने, प्रतिबन्धित उपभोग्य सामानहरु खुलेआम बिक्री गर्ने साह सहितका संचालकलाई जोगाउन अर्यालले गरेको चलखेलमा भट्टको समेत साथ र सहयोग रहेको छ ।

    छालासम्बन्धी बिभिन्न सामान आयात गर्दैआएका आयातकर्ताहरुलाई जोगाउनका लागि पनि अर्याल उत्तिकै सक्रिय रुपमा लागेका छन् । एक तथ्यांकअनुसार नेपालमा १ दर्जन छालासम्बन्धी सामानका आयातकर्ता रहेको र उनीहरुले एमआरपी बिना नै २ सय प्रतिशतसम्म मुनाफा लिएर बिक्री बितरण गरेको पाइएपछि बाणिज्य बिभागले छापा हानी सबैलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।

    बिभागको पछिल्लो सक्रियतालाई रोक्नका लागि अर्यालमात्र होइन, मन्त्रीका सचिवालययका कर्मचारीसमेत सक्रिय रहनुले दाहालको मिसन सफल हुने कुरामा आशंका पैदा भइरहेको छ । कालोबजारी नियन्त्रण गरी स्वच्छ प्रतिस्पर्धा कायम गर्न सक्रियतापूर्वक लागेका दाहाल आफ्नो अभियानमा अविचलित छन् ।

    बिभागले छापा हानेका उत्पादकहरुसँग होटल र क्याफेमा भेटेकोबारेमा निर्देशक अर्यालले भने–‘कार्यालयमा त भेट्नै पर्छ । म कार्यालयबाहिर गएर कसैलाई भेटेको छैन ।’ उनले प्रश्न गरे–यस्तो असत्य कुराका आधारमा समाचार किन बनाइन्छ ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार