काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को प्रमुख भएको समयमा मनोजकुमार केसीले अनुसन्धान गरेको ठूलो आर्थिक घोटालामध्येको एक हो, हिमालयन पुनर्वीमा(रिइन्स्योरेन्स) कम्पनीको मुद्दा ।
यो घोटालामा सीआईबीले बिशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा, जिल्ला अदालत काठमाडौंमा वीमासम्बन्धी कसूर र धितोपत्र बोर्डसम्बन्धी कसूरको छुट्टाछुट्टै ३ वटा मुद्दा दर्ता गरेको थियो । बिशेष अदालतबाट दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाएपछि भट्ट आफ्नो रिहाइका लागि सर्वोच्च अदालत जानुपर्ने हो । तर भट्ट सर्वोच्च गएनन् । २०८३ असार २४ गते सरसल्लाहबमोजिम भट्ट र सुलभ काठमाडौं जिल्ला अदालतमा उपस्थित भए ।
असार २४ गते हाजिर भएपछि सुरु भएको उनीहरुको बयान असार २५ र २६ गते पनि काठमाडौं जिल्ला अदालतमा भयो । ३ वटा मुद्दा भएकाले असार २६ गते पनि उनीहरुको बयान सकिएको छैन ।
गएको २०८३ असार ९ गते यो मुद्दामा जोडिएकी ज्योति अग्रवाल नामकी महिला जिल्ला अदालत काठमाडौंमा वीमासम्बन्धी कसूर मुद्दामा हाजिर हुँदा न्यायाधीश शिवप्रसाद आचार्यले जमानत दिएका थिए ।
संयोग वा सुनियोजित मान्नुुपर्छ, दीपक भट्ट र सुलभ अग्रवालको गोला पनि उनै न्यायाधीश आचार्यकोमा परेको छ । स्रोतका अनुसार सर्वोच्चबाट जमानत पाए पनि जिल्ला अदालत काठमाडौंले थुनामा पठाइदिने हो भने सर्वोच्च जानुको औचित्य नरहने निष्कर्षमा भट्ट पुगे । र, त्यही कारणले पहिला जिल्ला अदातबाट जमानत लिई अनिमात्र सर्वोच्च अदालतमा जाने रणनीतिमा भट्ट र सुलभ रहेका छन् ।
असार २४ गतेदेखि सुरु भएको र भट्टको बयान जारी रहेको छ । सोमबार बयान सकिएपछि संभवतः जमानत हुने विश्वासमा उनी पहिला जिल्लातिर केन्द्रित भएको स्रोतको दाबी छ । भट्ट र अग्रवालका बिरुद्ध वीमा ऐन २०७९ अन्तर्गतको कसूर, धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरसहित ३ वटा कसुरमा मुद्दामा बयान भइरहेको छ ।

भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend