काठमाडौं । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक र २ जना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त सुरक्षाफौजले बुधबार गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालक लाई नियन्त्रणमा लिएको हो ।
धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ । यसअघि बुधबार बिहानमात्रै सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो ।
यसैगरी सोही ठाउँबाट केराबारी पोल्टी फर्म प्रालिको बिल उल्लेख गरी १ सय ५० बोरा मल ल्याउदै गरेको ना ५ ख ३२०९ नम्बरको ट्रकलाई शंका लागि चेकगर्दा ट्रकभित्र अन्य सामान नभए पनि फल्स बटम बनाएको देखिएपछि नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend