नवलपरासी । नेपाल माछामा आत्मनिर्भर जस्तै छ । तर आन्धप्रदेश लगायतका भारतका बिभिन्न ठाउँबाट आउने घातक रसायन फर्मालिन राखिएका माछा निर्वाध रुपमा भित्रने गरेकाले नेपालको माछा ब्यवसायी नै पलायन हुनुपर्ने अवस्था आइरहेको छ । भारतका नाकाबाट खसीबोका भित्रंदा नेपालमा बाख्रापालन ब्यवसायमा पनि असर पर्दैगएको छ ।
तस्करीको कुखुराले नेपाली ह्याचरी ब्यवसायी धरासायी भइसकेको छ । राँगा र भैंसी पनि भारतबाट ब्यापक रुपमा भित्रने गरेको छ ।
बीरगंज र बाराबाट भारतीय नागरिक विपिन साह तुरहाले टनका टन भारतीय माछा नेपाल भित्र्याउने गरेका छन् भने नवलपरासीबाट अमिन मियाँले । नवलपरासी पश्चिमको भुजहवा नाकाबाट राति राति माछा तस्करीका माध्यमबाट नेपाल भित्रने गरेको छ । जसको भिडियोसमेत नेपालफेसलाई प्राप्त भएको छ ।

नवलपरासीको भुजहवा नाकाबाट सेटिङमा तस्करीको माछा भित्र्याउनेहरुमा भारतीय ब्यापारी अमिन मियाँ, माष्टर गुड्डो, आजादलगायत छन् । मियाँको यो समूहले राँगा, खसी र माछा तस्करी गर्ने गरेको छ । सशस्त्र प्रहरी बलको मिलेमतोमा मियाँसहितका यी ब्यापारीले तस्करीको माछा, खसी र राँगा भारतबाट निर्वाध नेपालमा भित्र्याउने गरेको आरोप छ ।
सशस्त्र प्रहरीह बल २६ नम्बर गण नवलपरासी(पश्चिम)का गणपति (एसपी) सन्तोष रायमाझी, बीओपी भुजहवाका सई सत्यनारायण यादवसँग सेटिङ मिलाएर राँगा, माछा र खसी नेपालमा तस्करी हुने गरेको छ ।

अमिन मियाँले नवलपरासीका भुजहवा लगायतबाट कुखुरा पनि तस्करी गर्ने गरेका छन् । केही दिनअघि नवलपरासी प्रहरीले मियाँले तस्करी गरी भित्र्याएको कुखुरा बरामद गरेको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend