नवलपरासी । नेपाल माछामा आत्मनिर्भर जस्तै छ । तर आन्धप्रदेश लगायतका भारतका बिभिन्न ठाउँबाट आउने घातक रसायन फर्मालिन राखिएका माछा निर्वाध रुपमा भित्रने गरेकाले नेपालको माछा ब्यवसायी नै पलायन हुनुपर्ने अवस्था आइरहेको छ । भारतका नाकाबाट खसीबोका भित्रंदा नेपालमा बाख्रापालन ब्यवसायमा पनि असर पर्दैगएको छ ।
तस्करीको कुखुराले नेपाली ह्याचरी ब्यवसायी धरासायी भइसकेको छ । राँगा र भैंसी पनि भारतबाट ब्यापक रुपमा भित्रने गरेको छ ।
बीरगंज र बाराबाट भारतीय नागरिक विपिन साह तुरहाले टनका टन भारतीय माछा नेपाल भित्र्याउने गरेका छन् भने नवलपरासीबाट अमिन मियाँले । नवलपरासी पश्चिमको भुजहवा नाकाबाट राति राति माछा तस्करीका माध्यमबाट नेपाल भित्रने गरेको छ । जसको भिडियोसमेत नेपालफेसलाई प्राप्त भएको छ ।

नवलपरासीको भुजहवा नाकाबाट सेटिङमा तस्करीको माछा भित्र्याउनेहरुमा भारतीय ब्यापारी अमिन मियाँ, माष्टर गुड्डो, आजादलगायत छन् । मियाँको यो समूहले राँगा, खसी र माछा तस्करी गर्ने गरेको छ । सशस्त्र प्रहरी बलको मिलेमतोमा मियाँसहितका यी ब्यापारीले तस्करीको माछा, खसी र राँगा भारतबाट निर्वाध नेपालमा भित्र्याउने गरेको आरोप छ ।
सशस्त्र प्रहरीह बल २६ नम्बर गण नवलपरासी(पश्चिम)का गणपति (एसपी) सन्तोष रायमाझी, बीओपी भुजहवाका सई सत्यनारायण यादवसँग सेटिङ मिलाएर राँगा, माछा र खसी नेपालमा तस्करी हुने गरेको छ ।

अमिन मियाँले नवलपरासीका भुजहवा लगायतबाट कुखुरा पनि तस्करी गर्ने गरेका छन् । केही दिनअघि नवलपरासी प्रहरीले मियाँले तस्करी गरी भित्र्याएको कुखुरा बरामद गरेको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend