Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • अर्थसहित तीनवटा समितिको बैठक बस्दै


    सोमबार, चैत्र २५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थसहित तीनवटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

    जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

    कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।

    उता, दिउँसो ३ः०० बजे देखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार