काठमाडौं । सत्तारुढ दल एमाले र काठमाडौं महानगरका मेयर बालेन साहबीच सामाजिक संजालमै दोहोरी चलेको छ ।
विगत डेढ महिनादेखि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदरिक्त छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई मेयर साहले विवाद निम्त्याएर हाजिर हुन नदिएपछि उनी बिदा बसेका थिए । गुरागाई बिदा बसेपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा सरकारले सहसचिव नखटाएपछि शिक्षकदेखि कर्मचारी कसैले पनि तलव खान पाएका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत नखटाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको भन्दै सामाजिक संजालमा लेखेपछि एमाले महासचिव शंकर पोखरेलले उनलाई फेसबुकमै जवाफ फर्र्काएका छन् ।
मेयर साहले लेखेका छन्–प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!
मेयर साहले सामाजिक संजालमा प्रधानमन्त्रीलाई यस्तो लेखेपछि एमाले महासचिव शंकर पोखरेलले पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् ।
साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।
उनले भनेका छन्- काठमाडौँ महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend