Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेन–एमाले जुहारी, एकाअर्काप्रति कटाक्ष


    शनिबार, फाल्गुन १७ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल एमाले र काठमाडौं महानगरका मेयर बालेन साहबीच सामाजिक संजालमै दोहोरी चलेको छ ।

    विगत डेढ महिनादेखि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदरिक्त छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई मेयर साहले विवाद निम्त्याएर हाजिर हुन नदिएपछि उनी बिदा बसेका थिए । गुरागाई बिदा बसेपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतमा सरकारले सहसचिव नखटाएपछि शिक्षकदेखि कर्मचारी कसैले पनि तलव खान पाएका छैनन् ।

    प्रमुख प्रशासकीय अधिकृत नखटाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको भन्दै सामाजिक संजालमा लेखेपछि एमाले महासचिव शंकर पोखरेलले उनलाई फेसबुकमै जवाफ फर्र्काएका छन् ।

    मेयर साहले लेखेका छन्–प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!
    मेयर साहले सामाजिक संजालमा प्रधानमन्त्रीलाई यस्तो लेखेपछि एमाले महासचिव शंकर पोखरेलले पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान नपुगेको भन्दै बालेनको ध्यानाकर्षण गर्न खोजेका छन् ।

    साथै उनले सरकारले विशेष व्यवस्था गरेर भएपनि महानगरमा अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्ने बताउदै कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्- काठमाडौँ महानगरको मेयर वालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ । तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिदैन । कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्व कार्यकारी अधिकृत पठाउनु पर्दछ । कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्दछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार