काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश जलाउने होइन, बनाउनेको तर्फबाट चुनावी मैदानमा आएको बताएका छन् । उनको टिप्पणी झापा–५ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन साहप्रति लक्षित थियो ।
आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले बालेनलाई प्रतिस्पर्धी स्वीकार्दै पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका हुन् । देशको नेतृत्व गर्न चाहने सबै दलका प्रमुख नेताहरूबीच सार्वजनिक र पारदर्शी बहस गर्न आफू तयार रहेको उनले बताए ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बौद्धिक वृत्तबाट उठिरहेको डिबेटको मागलाई सकारात्मक भन्दै उनले आफ्ना एजेण्डा जनतामाझ खुलारूपमा राख्न एमाले पछि नहट्ने स्पष्ट पारे ।
अध्यक्ष ओलीले भने, ‘नयाँ र पुराना सबै दल अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ ।’
उनका अनुसार सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्दै मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले पनि पब्लिक डिबेटको माग आएको हुनसक्छ ।
‘यस्ता सामग्री देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रयास भइरहेको छ । त्यसैले पारदर्शी बहस आवश्यक भएको हो,’ ओलीले भने ।
यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतको काम र भावी रोडम्यापबारे जनताले स्पष्ट उत्तर पाउनुपर्ने बताए ।
‘देश निर्माणमा यसअघि के काम गर्यौं, अब के गर्ने योजना र खाका छ—यी सबै प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,’ उनले भने ।
अध्यक्ष ओलीले आफू पब्लिक डिबेटको मञ्चमा उभिएर विगतका उपलब्धि र आगामी एजेण्डा तथ्यका आधारमा प्रस्तुत गर्न तयार रहेको प्रतिबद्धता जनाए । ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न म तयार छु’ उनले स्पष्ट पारे ।
उनले यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई सहभागी गराउन आयोजकहरूलाई आग्रहसमेत गरेका छन् । ‘जनताको सूचित निर्णयका लागि यस्तो बहस आवश्यक छ । एमाले यसमा अग्रसर भूमिका खेल्न तयार छ,’ ओलीले भने ।
प्रमुख तीन पार्टीले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा र रास्वपा बरिष्ठ नेता बालेन साहबीच लाइभ डेबिट हुनुपर्ने माग छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend