Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेनले दिए प्रधानमन्त्रीलाई चीन भ्रमणको शुभकामना, लिपुलेक नेपालको भूभाग हो भनेर सम्झाउनुहोला


    शनिबार, भाद्र १४ २०८२
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिंदै लिपुलेक नेपालको भूभाग हो भनेर चीनलाई सम्झाउन सुझाव दिएका छन् ।

    शनिबार बिहान चीन भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक संजालमार्फत् मेयर साहले उक्त सुझाव दिएका हुन् । साहले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गरेका छन् ।

    मेयर साहले लेखेका छन्–‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू ।

    नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला ।
    ‘अल द बेष्ट’ हामीलाई तपाईंमाथि पूर्ण बिश्वास छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार