प्रकृृति अधिकारी
शिक्षक राजनीतिका बारेमा लेख्दा लेख्दा धारावाहिक पो भएछ । कोही बात छैन, बहस भएको छ । ठिकै भएको छ ।
१. विश्वमा सबैभन्दा सम्मानित र आदरणीय पेसा कुनै छ भने त्यो शिक्षण नै हो । शिक्षण पेसा निकै उच्च हो । शिक्षक र विद्यार्थीबीचको उमेर जतिसुकै अन्तर होस् तर शिक्षक भनेका शिक्षक नै हुनुहुन्छ । हामीलाई अध्यापन गर्नुभएका शिक्षकसँग आज पनि भेट्दा उत्तिकै सम्मान रहने गरेको छ । आदरभाव रहने गरेको छ । हरेक दिन उठेर बुबाआमालाई ढोग्ने चलन कमैका घरमा होला तर उही शिक्षक हरेक दिन भेट्दा बडो सम्मान र आदरका साथ नमस्ते गरिन्छ । हुन त हाकिमलाई पनि नमस्ते गरिन्छ, तर त्यसमा चाकरी पनि लुकेको हुन्छ । शिक्षकलाई गरिने नमस्तेभित्र कुनै चाकरी लुकेको हुँदैन । स्वार्थ भनेकै गुरुप्रतिको आदरभाव हो ।

साविकको शिक्षा विभागका तत्कालीन महानिर्देशक बेलायत अध्ययन गर्दाको सम्झना गर्ने गर्नुहुन्छ । उहाँ एउटा कार्यक्रममा सहभागी हुँदा ड्यासमा बेलायतकी महारानीलाई बोलाइयो त्यसपछि प्राध्यापकहरूलाई । तर बेलायतकी महारानी ड्यासमा नगएर पहिले प्राध्यापकहरूलाई उक्लिन दिनुभयो । किन भन्दा शिक्षकको स्थान उच्च हुन्छ । हो, यो स्थान नेपालमा पनि छ । मलाई लाग्दैन अझै पनि हाम्रा शिक्षक तल हुनुहुन्छ । उहाँको स्थान शीरमै छ । शीरमै रहनुपर्छ ।
यहाँ त तहअनुसार पारिश्रमिक छ । मेरो विचारमा त्यो गलत हो । नियुक्ति तहअनुसार ठिक हो । किनकि कुन तहका शिक्षकले कुन तहका विद्यार्थीलाई अध्यापन गर्ने भन्ने तोकिनुपर्छ । तर पारिश्रमिक समान हुनुपर्छ । नेपाल सरकारको सचिवसरह सबै शिक्षकको पारिश्रमिक हुनैपर्छ । प्राथमिक तहका शिक्षकको किन बढी भन्ने तर्क पनि आउला । हामीले के कुरा भुल्नुहुँदैन भने विद्यार्थीको जग प्राथमिक तहबाट बन्न थाल्छ । तसर्थ बढी मिहिनेत (परिश्रम) प्राथमिक तहका शिक्षकले गर्नुपर्छ । खटाइ बढी प्राथमिक तहमा हुन्छ ।
माटोलाई भाँडा बनाउने काम उहाँहरूले गरिदिनुभएपछि माथिका तहका शिक्षकलाई त्यति धेरै मिहिनेत पर्दैन । असल नागरिक बनाउन प्राथमिक तहकै शिक्षकको भूमिका महत्त्वपूर्ण रहन्छ । उहाँहरूले गलत पढाइदिनुभएमा विद्यार्थी गलत बन्छ । सही बाटो देखाइदिनुभएमा असल विद्यार्थी बन्छ । तसर्थ पारिश्रमिक समान हुनुपर्छ भन्नेमा म प्रष्ट छु ।
२. हरेक पेसाभित्र असल र खराब चरित्र लुकेको हुन्छ । मानिसलाई बाहिरबाट हेर्दा वा सामान्य कुरा गरेका भरमा असल वा खराबको धारणा बनाउन सकिँदैन, लामो संगत गर्नुपर्छ । सप्तरीको बरमझियामा जानुभएमा झन्डै २० किलोमिटर बाटोमा पेडा पसल पाउनुहुन्छ । कुन पेडा पसल ‘ओर्जिनल’ हो भन्ने खुट्याउन सक्नुहुन्न । त्यहाँ त असली पेडा पसल, पुरानो पेडा पसल, बुढा पेडा पसल, वैजनाथ पेडा पसल लेखिएका हुन्छन् र सबैले आफ्नो पसल पहिलो हो भनेरै दावी गर्छन् ।
निकै अनुसन्धान गर्नुभयो भने बल्ल पहिलो कुन हो भनेर पत्तो पाउनुहुन्छ । ठिक त्यस्तै हो हरेक पेसाभित्रका मानिसको चरित्र । पत्रकारिता, प्रशासन, लेखा, व्यापार जेजति छन् सबै पेसाभित्र असल र खराब मानिस पाइन्छन् । सबै दुधले नुहाएका शुद्ध नहुन सक्छन् । शिक्षण पेसा फरक नहुन सक्छ । सबै पेसा ठिक हुन्, पेसा खराब हुँदैन, व्यक्तिको आचरण खराब हुने हो ।
मैले कहिल्यै पनि शिक्षकलाई दलको झोला बोकेको भन्दै अनेक संज्ञा दिएको छैन । मेरो लेखोटमा शिक्षकहरूले नै अनेक संज्ञा दिनुभएको छ । दिने गर्नुभएको छ । त्यो किन भयो भन्दा समस्या त छ नि । त्यो समस्याका विरुद्धमा मेरो आवाज हो । कम्तीमा विद्यालय परिसरभित्र राजनीति नगरौँ, राजनीतिक क्रियाकलाप नगरौँ भन्ने आवाज । म यसमा अडिग छु । अरुलाई गलत लाग्ला, म सही छु नै भन्छु ।
३. नेपाल शिक्षक महासंघको विधानलाई म ‘मूर्दावाद’ भन्छु । सबै शिक्षक अटाउन नसक्ने पनि विधान हुन्छ र ? सबै शिक्षकलाई जबर्जस्ती राजनीतिमा तान्ने कस्तो विधान हो ? हो, महासंघभित्र यहाँनेर ‘भाइरस’ प्रवृत्ति देखिएको छ । सबै शिक्षकले सदस्यता पाउने र मताधिकारको प्रयोग गर्न पाउने गरी विधान संशोधन गर्न महासंघका पदाधिकारीहरूलाई भगवान पशुपतिनाथले सत्बुद्धि प्रदान गरून् ।
को अध्यक्ष छान्ने भन्ने सबैले अधिकार प्रयोग नै गर्न नपाउनेगरी बन्देज नै लगाइदिने त ?
राजनीतिक झोला बोकेरमात्र विद्यालय प्रवेश गर, अनि मात्र सदस्य बन्न पाउँछौ भन्ने ? यस्तो विधि बसाल्न कस्तो बुद्धिको विकास भएको हो अचम्म छ । कुनै पनि संघसंगठनमा यस्तो त छैन । अनि शिक्षकले नै ‘राजनीति गर, दलको झन्डा उठायौ भने तिमी योग्य हौ, होइन भने तिमी अयोग्य बन्यौ’ भन्ने ? हामी कुन संस्कारबाट हुर्किँदैछौँ ?
अझ पनि ढिलो भएको छैन । सबै शिक्षकले अपनत्व लिनसक्ने महासंघ बनाउनुपर्छ । बनाउनुपर्यो । अनि बाहिर बसेका हामी जस्ता दर्शकले शिक्षकले राजनीति गरे भन्नु स्वभाविक ठहर्छ । शिक्षकको संस्थामा मुख्य पदाधिकारी पद कुम्ल्याउन सदस्य संख्या बढाउने यो कस्तो विधि हो ? सोच्दा अचम्म लाग्छ । तसर्थ महासंघका पदाधिकारी सच्चिनु सुध्रिनु जरुरी छ । तपाईँहरुप्रति धेरै शिक्षक रुष्ट हुनुहुन्छ । तपाईँहरु ती शिक्षकका आफ्नो कहिल्यै बन्न सक्नुभएको छैन । बन्न सक्नुहोस् । शुभकामना ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
क्षितिजविक्रम खनाल नेपाली समाजमा हरितालिका तीज केवल एउटा धार्मिक पर्वमात्र होइन, यो नारी जीवनको आध्यात्मिक, सामाजिक र सांस्कृतिक आयामसँग गहिरो रूपमा जोडिएको जीवन्त परम्परा हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend