पोखरा । तनहुँको ब्यास नगरपालिकास्थित मादीघाटमा विनाटेण्डर नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । ब्यास नगरपालिकाबाट मादी नदीको बालुवा, गिटी उत्खनन गर्ने ठेक्का पाएका बलबहादुर शाहीले मापदण्डबिपरीत नदीदोहन गर्दैआएको स्थानीयको गुनासो छ ।
ठेकेदार बलबहादुर शाहीले मादी नदीमा मापदण्डबिपरीत स्काभेटर प्रयोग गरी निकालिएको गिटी–बालुवा र ढुंगा दैनिक दसौं टिपरमा ओसार्ने गरेका छन् । पहिला ब्यास नगरपालिकाले अमानतमा नदीजन्य पदार्थको १ टिफरको १ हजार १ सय रुपैयाँ रोयल्टी(राजस्व) लिने गरेको थियो । तर बलबहादुर शाहीले ठेक्का लिएपछि नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेसँग सेटिङ गरी मनोमानी ढंगले १ टिफरबाट १ हजार ६ सय रुपैयाँसम्म रोयल्टीका नाममा असुल्ने गरेका छन् ।
यस्तो मनपरी असुल्ने छुट मेयर न्यौपानेले उनलाई दिएका छन् । जसमा प्रहरीसमेत मौन बस्ने गरेको छ । जिल्लाका प्रहरीका हाकिमहरुलाई समेत बलबहादुरले सेटिङ गरी मनपरी गर्ने छुट पाएको स्रोत बताउँछ ।
मादी नदीबाट १६ लाख घनमिटर मात्र नदीजन्य पदार्थ निकाल्न पाउने भए पनि त्योभन्दा धेरै बढी उत्खनन् गरी भावी दिनमा प्राकृतिक विपत्ति निम्त्याउने कार्य भइरहेको छ । यस्तो मनपरी नदीदोहनको छुट शाहीलाई मेयर न्यौपानेले दिएका छन् ।
त्यतिमात्र होइन, मादीघाटमै बलबहादुर शाहीले ढुंगाखानी पनि संचालन गर्दैआएका छन् । खानी बिभागबाट स्वीकृति लिएका उनले त्यहाँ पनि मापदण्ड पालना नगरेको आरोप छ ।
मेयर न्यौपानेले टेण्डर गरेर क्रसर संचालन गर्न दिइएको बताए । चौथोपटकसम्म टेण्डर गरी शाहीलाई नदीजन्य पदार्थको ठेक्का दिइएको उनले बताए ।
मापदण्डविपरीत स्काभेटर प्रयोग गरी नदी दोहन गर्दैआएका शाहीले ब्यास नगरपालिकाका मेयर न्यौपानेमात्र होइन, प्रहरीसँग समेत सेटिङ मिलाएको स्रोत बताउँछ । ठेकेदार शाहीले खानीबाट राति राति ढुंगा उत्खनन् गर्दा स्थानीयलाई हिंडडुल गर्न समेत सास्ती भएको गुनासो नगरपालिका र प्रहरीले नसुनेको आरोप छ ।
अरु टिपरलाई चुली हालेको खण्डमा प्रहरी सेटिङमा नियन्त्रणमा लिएर चिट काट्ने गरिएको छ । तर मेयरसँग सेटिङ भएकाले बलबहादुर शाहीको सेटिङमा नदीबाट टिपरको ढाला भन्दा १ हातमाथिसम्म चुली बनाएर बालुवा गिटी लैजान प्रहरीले छुट दिइएको छ ।

शाहीले विनानम्बर प्लेटका टिपर चलाउँदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा नलिएको गुनासो स्थानीयको छ । स्रोतका अनुसार केही समयअघिसम्म बलबहादुरले प्रहरी नायब निरीक्षक(सई) प्रकाश खत्रीलाई चौबीसै घन्टा आफ्नो गाडीमा लिएर हिंड्ने गरेका थिए । यसले पनि उनकोे प्रहरीसँग कतिसम्म सेटिङ रहेको छ भने दर्शाउँछ । प्रहरीसँग सेटिङ गरी ढाला राखेर टिपर संचालन गर्न दिइएकोबारेमा जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्र शाहीले भने–ढाला राख्ने टिपर नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
टिपरलाई ढाला राखेर निर्वाध चलाउन दिने प्रहरीले ट्याक्टरलाई घाटको रोयल्टी नतोकी मनपरी रोयल्टी लिने छुट दिएको छ । ट्याक्टर व्यवसायी संघका अध्यक्ष तुल्सी सापकोटा, मदन तिमिल्सिना, कृष्ण श्रेष्ठलगायतका ट्याक्टर व्यवसाय समिति नगरपालिका डेलिगेसन जाँदा पनि नगरपालिकाले रोयल्टी नतोकी मनपरी असुल्न बलबहादुरलाई छुट दिएको स्रोत बताउँछ ।
भोर्लेटार चोकबाट ढुंगा बालुवा बोकेका टिपर चलाउन निषेध गरिएको छ । तर विनाटेण्डर मापदण्डबिपरीत उत्खनन गरिएका नदीजन्य पदार्थ बोकेका टिपर शाहीले भोर्लेटार चोकबाट नै लाने गरेका छन् । दुम्सीचौरको बाटोबाट लोड भएका टिपर लैजानुपर्ने भने पनि बलबहादुरले निरन्तर भोर्लेटारचोकबाटै लाने गरेका छन् । भोर्लेटारबाट अरु ब्यवसायीले टिपर चलाएमा बलबहादुर शाहीले प्रहरीका जिल्लाका हाकिमलाई सिधै फोन गरी नियन्त्रणमा लिन लगाई चिट काट्न लाउने गरेको आरोप छ ।

पर्यटकीयस्थल मानुङकोटमा व्यास नगरपालिकाले कसैलाई स्थायी संरचना बनाउन दिएको छैन तर बलबहादुर शाहीले तीन तले भवन बनाइरहेका छन् । होटल संचालनका लागि उनलाई स्थायी संरचना बनाउन दिएको छ । मानुङकोटमा अरुलाई संरचना बनाउन रोकेका मेयर न्यौपानेले शाहीलाई सेटिङमै अनुमति दिएको आरोप छ ।
बलबहादुर शाही र गुण्डानाइके विक्रम लामाबीच समेत बाक्लो उठबस रहेको छ । लामाका २ वटा ट्याक्टर रोयल्टी समेत नलिई सिंत्तैमा नदीजन्य पदार्थ ओसार्न दिएका छन् । शाहीले तनहुँका सांसद शंकर भण्डारीसम्म सेटिङ मिलाएर मादीघाटमा मापदण्डबिपरीत नदीजन्य पदार्थ दोहन गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend