Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो बिधेयक पारित भए प्रहरीको चेन अफ कमाण्ड कमजोर बनाउँछः पूर्वडीआइजी सिलवाल


    बिहिबार, माघ २४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माघ १५ गते गृह मन्त्रालयबाट सङ्घीय संसद् सचिवालयमा पेश गरिएपछि यसको चर्को बिरोध हुँदैआएको छ ।

    सरकारले ल्याइएको प्रहरीसम्बन्धी बिधेयकप्रति संगठनका पूर्वप्रमुखहरुले नै बिरोध गरेका छन् । नेपाल प्रहरीका पूर्व आईजीपीहरुले प्रहरी बिधेयकले संगठन कमजोर हुने र ब्यवसायिकता नै समाप्त हुने धारणा राख्दैआएका छन् ।

    एमालेका बागमती प्रेदश सचिव तथा पूर्वडीआईजी नवराज सिलवालले विधेयकले प्रहरीको चेन अफ कमाण्डलाई कमजोर बनाउने बताएका छन् ।

    पूर्वसांसद समेत रहेका सिलवाल सामाजिक संजालमा लेख्छन्–‘हालै ल्याइएको प्रहरी सम्बन्धी बिधेयकले प्रहरीको व्यवसायिकता अभिबृद्धि गर्नेभन्दा पनि चेन अफ कमाण्डलाई कमजोर बनाउने र संस्थाको मनोबल गिराउने ढंगको देखियो ।

    गृहमन्त्रीले राज्यसंचालनमा प्रहरीको भूमिकाको महत्वलाई कम आँक्नुभएको जस्तो लाग्यो । संसदबाट ऐन बन्नुभन्दा पहिला सरोकारवालाहरूसंग व्यापक छलफल र अन्तरक्रियाको आवश्यकता देखिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार