काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माघ १५ गते गृह मन्त्रालयबाट सङ्घीय संसद् सचिवालयमा पेश गरिएपछि यसको चर्को बिरोध हुँदैआएको छ ।
सरकारले ल्याइएको प्रहरीसम्बन्धी बिधेयकप्रति संगठनका पूर्वप्रमुखहरुले नै बिरोध गरेका छन् । नेपाल प्रहरीका पूर्व आईजीपीहरुले प्रहरी बिधेयकले संगठन कमजोर हुने र ब्यवसायिकता नै समाप्त हुने धारणा राख्दैआएका छन् ।
एमालेका बागमती प्रेदश सचिव तथा पूर्वडीआईजी नवराज सिलवालले विधेयकले प्रहरीको चेन अफ कमाण्डलाई कमजोर बनाउने बताएका छन् ।
पूर्वसांसद समेत रहेका सिलवाल सामाजिक संजालमा लेख्छन्–‘हालै ल्याइएको प्रहरी सम्बन्धी बिधेयकले प्रहरीको व्यवसायिकता अभिबृद्धि गर्नेभन्दा पनि चेन अफ कमाण्डलाई कमजोर बनाउने र संस्थाको मनोबल गिराउने ढंगको देखियो ।
गृहमन्त्रीले राज्यसंचालनमा प्रहरीको भूमिकाको महत्वलाई कम आँक्नुभएको जस्तो लाग्यो । संसदबाट ऐन बन्नुभन्दा पहिला सरोकारवालाहरूसंग व्यापक छलफल र अन्तरक्रियाको आवश्यकता देखिन्छ ।’
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend