Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धरानको पानीको समस्या तमोर नदीले समाधान गर्छ : पूर्वराष्ट्रपति भण्डारी


    शनिबार, माघ १९ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धरान  । धरानको खानेपानीको समस्यालाई समाधान गर्न तमोरबाट पानी ल्याउनु पर्ने पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारीले सुझाएकी छिन् ।

    धरानमा नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताएकी हुन् ।

    पानी पिउनका लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उनकाे भनाइ थियाे ।

    धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उनले बताइन् ।

    प्रदेश सरकारले धरान- मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियाेजन गरेकाे थियाे ।

    धरानमा खानेपानीकाे कमी हुँदै आएकाे छ ।  पानीकाे बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्ताे उपाय दिएकी हुन् ।

    भण्डारी केही दिनदेखि पूर्वका विभिन्न  कार्यक्रममा सहभागी जनाउदै आइरहेकी छिन् ।

    कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै हिंडिरहेकी छिन् । साथै, उनले सक्रिय राजनीतिमा फर्कने संकेतसमेत गरेेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार