काठमाडौं । केही क्यासिनो संचालकहरुको सेटिङमा क्यासिनो नियमावली २०७० को संशोधन गरी २०८१ ल्याउन लागिएको छ ।
क्यासिनो नियमावली २०७० का महत्वपूर्ण प्रावधान संशोधन गरी २०८१ जारी गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मस्यौदा तयार गरिसकेको छ । क्यासिनो नियमावली २०७० मा ठूला क्यासिनो खोल्न २५ करोड चुक्ता पूँजी देखाउनुपर्ने प्रावधान थियो । प्रस्तावित नियमावलीमा ठूला क्यासिनोका लागि अब ५० करोड चुक्तापूँजी हुनुपर्ने ब्यवस्था गरिएको छ ।
मिनी क्यासिनोका लागि १५ करोड चुक्ता पूँजी हुनुपर्ने ब्यवस्था रहेकोमा ४० करोड पुर्याइएको छ । नेपालमा ठूला र मिनी क्यासिनोसमेत लगभग २५ वटा संचालनमा रहेका छन् । ठूला क्यासिनो १० वटा संचालित छन् ।
सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएको र त्यसमा क्यासिनो संचालनका सम्बन्धमा पनि ब्यवस्था भएकाले क्यासिनो नियमावली संशोधन गर्नुपरेको उल्लेख छ । सम्पत्ति शुद्धीकरण ऐन संशोधन भएको कारण देखाइए पनि क्यासिनो नियमावली संशोधनमा झापाको बिर्तामोडस्थित मेची क्राउन होटलमा संचालित क्यासिनो भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिका संचालक बलराम सापकोटा ‘बले’ अग्रसरता बढी देखिएको छ । अन्य क्यासिनो दर्ता हुनै नदिने गरी मेची क्राउन प्लाजाका सापकोटा, क्यासिनो बेल्लिजका बाबा भन्ने ज्ञानेन्द्र श्रेष्ठ, रक इन्टरनेशनलका किशोर सिलवालहरु लागेका छन् ।
प्रस्तावित नियमावलीमा नयाँ क्यासिनो खोल्न दोब्बर तेब्बर पूँजी बृद्धिको प्रावधान राख्न फ्रन्टमा सापकोटा देखिए पनि श्रेष्ठ, सिलवालहरु समेत लागेका छन् । झापामा मिनी क्यासिनो खोल्ने भएपछि त्यसलाई रोक्न सापकोटा सक्रिय भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पहुँच भएका बलराम सापकोटाले क्यासिनो नियमावलीमा चलखेल गरी नयाँ क्यासिनो खोल्नै नसक्ने प्रावधान राख्न लगाएको आरोप छ । यसअघि सरकारले भारतसँग जोडिएको सीमा क्षेत्रबाट ३ किलोमिटरभित्र क्यासिनो खोल्न पाउनेगरी नियम बनायो । फेरि पछि ५ किलोमिटरको ब्यवस्था नियमावलीमा राखेर दसौं करोड लगानी गरेका ब्यवसायीहरुलाई बिचल्ली पार्ने काम गरेको छ । सरकारले लगानी आकर्षित गर्ने भन्दै करोडौं खर्च गरी लगानी सम्मेलन गर्दैआएको छ । तर क्यासिनोमा लगानी गर्न चाहनेका लागि चुक्ता पूँजीदेखि धेरै कडा प्रावधान राखी हतोत्साही पार्ने काम गरेको छ ।
पहिला सीमाबाट ३ किमी दूरीमा क्यासिनो संचालन गर्न पाउने भनेको सरकारले कसको दबाबमा त्यो हटाएर ५ किलोमिटर बनायो ? भन्ने प्रश्न ब्यवसायीहरुको छ । विवादास्पद पूर्वप्रधानन्यायाधीश् दीपकराज जोशी र चोलेन्द्रशमशेर राणाले प्रभावमा परी दिएको अन्तरिम आदेशका भरमा कतिपय क्यासिनो १० बर्षदेखि रोयल्टी नतिरी र २०७० को नियमावली अनुसार दर्ता नगरी संचालित छन् । किशोर सिलवाल, सुरेन्द्र सिंह र नरेन्द्र साह कलवारले यसरी २०७० को नियम अनुसार पनि क्यासिनो दर्ता नगरी अन्तरिम आदेशका भरमा संचालन गरिरहेका छन् ।
क्यासिनो नियमावलीमा चुक्ता पूँजी बृद्धिदेखि अन्य प्रावधान राख्न लगाउने र नयाँ क्यासिनो खोल्ने बाटो नै बन्द गर्नेगरी बलराम सापकोटा लागेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले हाल संचालनमा रहेका क्यासिनोभन्दा अरु क्यासिनो आउनै नदिनेगरी सेटिङ गरेपछि क्यासिनो नियमावली संशोधन हुन लागेको हो ।
पर्यटन बिभागकी कानुन अधिकृत सुस्मिता पाण्डेय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कानुन महाशाखा प्रमुख उपसचिव नवराज आचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कानुन सचिव फणिन्द्र गौतमसम्म पहुँच पुर्याएर नियमावली संशोधन गर्ने चाँजोपाँजो मिलाएको स्रोत बताउँछ ।
को हुने बलराम सापकोटा ‘बले’ ?
साठीको दशकमा काठमाडौंका क्यासिनोमा जुवा हार्नेहरुलाई मिटरब्याजमा लगानी गरी रातारात अरबपति भएका बलराम सापकोटाले आफ्नो बिवाहमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेलिकोप्टर चार्टड गरी काभ्रेमा लगेको बिषय निकै चर्चामा थियो । कुनै बेला ठमेलको एक होटलमा भाँडा माझ्ने(मसल्ची) बलेले क्यासिनोमा जुवा हारेका धेरै नेपालीलाई मिटरब्याजमा लगानी गरी ४ करोडको घर १ करोडमै हडपेर सडकको बास बनाइदिएका थिए ।
गाडी, घर, श्रीमतीका गहनासमेत राखी मिटरब्याजमा पैसा दिएर धेरै नेपालीको बिचल्ली पार्ने बलराम सापकोटा बलेले गरेका थिए । उनले मिटरब्याजबाट अकूत सम्पत्ति आर्जन गरी झापामा मेची क्राउन होटल खोलेको बिषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा परेको उजुरी पनि सेटिङमै राफसाफ गरेका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend