काठमाडौं । भक्तपुर ईंटा टायल कारखानाको २ सय ५० रोपनी जग्गामा भूमाफियाहरुले आँखा गाडेका छन् । नेपालको पहिलो चिनियाँ इँटा उत्पादन गर्ने भक्तपुर इँटा तथा टायल उद्योग प्रालिको जग्गा कौडीको मूल्यमा हत्याउने चलखेल भइरहेको छ ।
सरकारले निजीकरण गरेका देशभरका उद्योगहरुमध्ये सबभन्दा राम्रोसँग सञ्चालनमा आइरहेको र बार्षिक रु ४ करोड राजस्व सरकारलाई बुझाउँदै आएको यो उद्योगको जग्गामा भूमाफियाको आँखा परेको छ । र, उनीहरुले उद्योगको प्रत्येक १० बर्षमा हुँदैआएको संचालन सम्झौता नवीकरण नै रोकेका छन् ।
चीन सरकारले बनाएका २० उद्योगमध्ये भक्तपुर ईंटा टायल कारखाना पनि एउटा हो । अरु सबै उद्योगहरु निजीकरण भएपछि खरिद गर्ने ब्यापारीहरुले उत्पादन बन्द गरी कतिपयले घडेरी नै सम्झौतापिरीत जग्गा घडेरीमा बिक्री गरी मालामाल भएका छन् । भक्तपुर ईटा टायल कारखाना भने करारमा संचालन गर्न दिंदैआएको छ ।
हरेक १० बर्षमा नवीकरण गर्नेगरी ईंटा उद्योग संचालन गर्न दुर्गाप्रसाद मल्ललाई ठेक्का दिइएको थियो । उनैले १०–१० बर्षमा नवीकरण गर्दै ईटा उद्योग संचालन गर्दैआएका छन् ।
तर, १० बर्ष पुगिसके पनि यो बर्ष भने नवीकरण हुन सकेको छैन । उद्योग मन्त्रालय र अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखाले भक्तपुर ईटा टायल कारखाना नवीकरण गर्न आनाकानी गर्दैआएका छन् । बार्षिक रु.४० लाख सरकारलाई तिर्नेगरी दुर्गा मल्लले भक्तपुर ईटा टायल कारखाना संचालन गर्दैआएका छन् ।
२ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको भक्तपुर ईंटा टायल कारखानाको जग्गामा आँखा लगाएर भूमाफियाहरुले नवीकरण हुनबाट रोकेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए ।
२०६० साल पुस २२ गतेदेखि वार्षिक रु. ४० लाख भाडा तिर्दै सञ्चालन हुँदैआएको उक्त ईटा टायल कारखानाको जग्गामा एमालेकै जिल्लाका शक्तिशाली नेताहरुको नजर परेको छ । सरकारी कार्यालय राख्ने बहानामा उक्त जग्गा कौडीको मूल्यमा लिजमा लिने प्रपन्च अन्तर्गत नै ईटा उत्पादन गर्दैआएका ठेकेदारलाई नवीकरण नगरी अलमल्याएर राखिएको छ ।
२०७२ बैशाख १२ को भूकम्पमा पूर्णरुपमा क्षति पु¥याएको नेपालको पहिलो चिनियाँ इँटा उत्पादन गर्ने भक्तपुर इँटा तथा टायल उद्योग प्रालि करोडौं खर्च गरी पुनः सञ्चालनमा आएका थियो ।
चीन सरकारले २०३२ सालमा ६५ मिटर लामो प्रदूषणरहित होफ्मिन सिस्टम (ज्याबल पद्धति)मा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको सो उद्योग सरकारले सञ्चालन गर्दा घाटामा गएर बन्द भएपछि निजीकरण गरी भाडामा सञ्चालन गर्न दिइएको थियो ।
ईटा टायल कारखाना लिजमा १०–१० बर्षमा नवीकरण गर्नेगरी संचालन करार सम्झौता हुँदैआएको थियो । यो बर्ष ०८१ पुसभित्रै नवीकरण गर्नुपर्ने थियो । तर, भूमाफियाहरुले अर्थमन्त्रालयको निजीकरण इकाईका उच्च अधिकारीसँग सेटिङ मिलाएर रोकिरहेका छन् । अर्थमन्त्रालयको निजीकरण इकाईले ईंटा टायल कारखानाको संचालन करार नवीकरण गर्नुपर्छ । निजीकरण इकाईका सबैलाई भूमाफियाहरुले प्रभावमा पारेकाले भक्तपुर ईंटा टायल कारखानाको नवीकरण हुन नसकेको स्रोतको दाबी छ । भूमाफियाहरुले बालुवाटारसम्म पहुँच पुर्याई नवीकरण रोक्दैआएका छन् ।
भक्तपुर ईंटा टायल कारखानाको करार नवीकरण नगरिएकोबारेमा अर्थमन्त्रालयको निजीकरण हेर्ने वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्था समन्वय महाशाखाका प्रमुख दीर्घराज मैनालीसँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन । वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्था समन्वय शाखाका उपसचिवद्वय मुक्तिनाथ संस्थान शाखाका मुक्तिनाथ सुवेदीले अर्का उपसचिव सुदिशकुमार अर्याललाई थाहा हुने भएकाले उतै बुझ्न भने । अर्यालले सुवेदीतिर देखाएर पन्छिए ।
निजीकरण गरिएका सबै उद्योगको जग्गा दुरुपयोग, घडेरीमा बिक्री गरी ब्यापारी मालामाल
सरकारले निजीकरण गरेका उद्योगहरुको जग्गा उद्योग प्रयोजनमा मात्र उपयोग गर्न पाउने ब्यवस्था बिपरीत हरिसिद्धि ईंटा टायल कारखानाको जग्गा प्लानिङ गरी घडेरी बनाएर बिक्री गरिसकिएको छ । सत्ताधारी पार्टीहरुकै ‘राष्ट्रिय सहमति’मा हरिसिद्धिको जग्गा बिक्री गरिसकिएको छ ।
भृकुटी कागज कारखानाको जग्गा धितो राखी गोल्छा समूहले अरबौंको कर्जा लिएको छ । र, उक्त जग्गा धितो राखी लिएको ऋण अरु ठाउँमा उद्योग ब्यापार संचालन गरिरहेको छ । र, गोल्छा समूहका हितेश गोल्छा लगायतको परिवार नै भृकुटी कागज कारखानाको जग्गा पनि घडेरीमा बिक्री गर्ने रणनीति अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट ४३ बर्षअघि टकाटालो गरी एमालेमा प्रवेश गरिसकेका छन्् ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गामा शहीद गंगालाल हृदयरोग केन्द्र(मुटुरोग अस्पताल) बनेको छ । बाँसबारीको जग्गाको एक हिस्सा चौधरी ग्रुपले कब्जा गरी चाँदबाग स्कुल र हाउजिङ निर्माण गरेको भए पनि प्रचण्ड सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक्सन लिएपछि सरकारकै नाममा फिर्ता भइसकेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend