नेपाल राष्ट्रबैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कर्जा सदुपयोगिताको नियमित अनुगमन गर्न निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनका लागि प्रयोग गरे नगरेको एवं समूह सदस्य स्वयंमले ऋणबापत रकम प्राप्त गरे नगरेको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ भएका व्यवस्थाहरु बारे वित्तीय चेतनाका लागि जारी गरेको सन्देश मार्फत पुनः स्मरण गराउँदै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
साथै, कर्जा असुलीका लागि कुनै पनि किसिमको कठोर विधि अपनाउन नहुने र कर्जा असुली गर्दा ऋणीलाई धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नगर्न भनेको छ ।
यस्तै, ऋणीलाई अनावश्यक रुपमा फोन गर्न नहुने, ऋणीको परिवार, साथी एवं सहकर्मीलाई अपमान गर्न नहुने, ऋणी वा परिवारको सम्पति वा मान प्रतिष्ठामा हानि नोक्सानी पुग्ने गरी हिंसाको धम्की दिन नहुने तथा ऋणीलाई ऋण नतिर्दा आउनसक्ने परिणामका बारेमा गलत सूचना दिन नहुने व्यवस्था मार्गदर्शन रहेको राष्ट्र बैंकले जनाएको छ ।
ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह बैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र लगातार ३ पटकभन्दा बढी सम्बन्धित ठाउँमा अनुपस्थित नभएमा मात्र ऋणीको घर वा कार्यस्थलमा जाने अभ्यास अवलम्बन गर्न समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकले लागू गरेको मार्ग दर्शनमा लघुवित्त र ऋणीले कर्जा लेनदेन गर्दा गर्नुपर्ने व्यवहारको व्यवस्था र व्याख्या गरिएको छ । त्यसैगरी, लघुवित्तको आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारी प्रशासन, ग्राहक संरक्षण, वित्तीय साक्षरता, सूचना तथा गोपनीयता, गुनासो व्यवस्थापन, विवाद समाधान र ग्राहक संरक्षण कोषको विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकले गत पुस २३ मा लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ जारी गरेको थियो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend