काठमाडौं । भारतीय नाकासँग सीमा जोडिएको बीरगंजबाट तस्करीको माध्यमबाट ल्याइएको सामान काठमाडौंसम्म पुगेको र सानेपास्थित गोदाममा भण्डारण गरी राखिएको अवस्थामा राजस्व अनुसन्धान विभागले छापामारी गरेको विषयमा समाचार सार्वजनिक भएपछि तस्करहरुलाई तनाव भएको थियो ।
सुनौलो साझा ट्रान्सपोर्ट ट्रान्सपोर्ट व्यवसायी संघ पर्साका अध्यक्ष बालकृष्ण पोखरेलको लगानीमा संचालित भनी समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि बालकृष्णले उक्त ट्रान्सपोर्ट आफ्नो नभएको दाबी गरेका छन् ।
हामीलाई प्राप्त खबर अनुसार उक्त ट्रान्सपोर्टको प्रोपाइटर सुमन खतिवड हुन्, जो बालकृष्णका आफ्नै साढु भाइ पर्छन् । बालकृष्ण पोखरेलले आफ्नै नाममा ट्रान्सपोर्ट सञ्चालन नगरे पनि ट्रान्सपोर्ट व्यवासायी संघका अध्यक्ष बनेका छन् ।
सानेपास्थित गोदामबाट बरामद गरिएको सामानको भनी देखाइएको प्रज्ञापनपत्रबारे साथै एजेन्टबारे गहिरिएर अनुसन्धान गर्ने हो भने अनेकौँ कैफियत भेटिन सक्ने बताइन्छ ।
आफ्नो प्रत्यक्ष सहभागिता र लगानी नदेखाए पनि बालकृष्ण पोखरेलले बेला बखतमा विभिन्न साथीभाइहरुको नाममा ट्रान्सपोर्ट खोल्न लगाएर नेपाल सरकारको लाखौँ राजस्व छल्ने कार्यमा सघाउँदै आएका उनीबाट पीडित पूर्व पार्टनरहरुले विभिन्न ठाउँमा गर्दै गरेको चर्चा हामीसम्म आइपुगेको हो ।
कहिले सुनौलो बिहानी ढुवानी सेवा, कहिले सुनौलो विहानी प्रा.लि., कहिले साझा ट्रान्सपोर्ट गरी पटक पटक कम्पनीको नाम फेर्ने र फरक फरक व्यक्तिलाई प्रोपाइटर राखी राज्यको करोडौँ रुपैयाँको राजस्व छली गर्ने काम पोखरेलले गर्दै आएको स्रोतको दाबी छ ।
यसरी कम्पनीको नाम र प्रोपाइटर फेर्दै राज्यको राजस्व चुहावट गरेरै पोखरेलले छोटो समयमा अकूत सम्पत्ति जोडेको बताइन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका नियामक निकायले गहिरिएर छानबिन गर्ने हो भने यिनको अवैध सम्पत्तिको स्रोत भेटिन मुस्किल पर्ने स्रोतको दाबी छ ।
आफ्नै दाजु क्लियरिङ एजेन्टको सहयोगमा भन्सारभित्रबाट नै सेटिङमा तस्करी गर्न माहिर ट्रान्सपोर्ट व्यवसायी पोखरेललाई वीरगंज भंसारमा पवन यादव नाम गरेका व्यक्तिमार्फत् सेटिङ गरी पाँच गाँठ कपडाको भंसार तिरेर ३० गाँठ कपडा तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् ।
वर्षैपिच्छे फरक फरक नामका ट्रान्सपोर्टबाट संचालक गर्ने, सो ट्रान्सपोर्टको मध्यमबाट करोडौँको कारोबार गरि राज्यको लाखौँ राजस्व चुहावट गर्ने र अर्को वर्ष अर्कै नामको ट्रान्स्पोर्ट संचालन गरी राज्यको राजस्व चुहावट गरेर सानो समयमा अकूत सम्पत्ति जोडेको ट्रान्सपोर्ट व्यवसायीहरूबीच चर्चा हुने गरेको छ ।
पोखरेललाई सघाउने पवन यादवको चर्चा गर्ने हो भने उनी केही वर्ष अगाडि मात्र भन्सारका सुब्बा रामकैलास यादवको निजी सहयोगीका रुपमा कार्यरत थिए । सुब्बा यादवसँगै भएपछि पवनले तस्कर र क्लियरिङ एजेन्टहरुसँग सेटिङ मिलाउने र थोरै सामानको प्रज्ञापनपत्र बनाएर धेरै सामान भन्सारभित्रबाटै पास गराउन थाले ।
यसरी गर्दै गएपछि सानो अवधिमा करोडौँ रुपैयाँ कमाएर उनै ट्रान्सपोर्ट व्यवसायी पोखरेलको बीरगंजमा रहेको घर १ करोड ६० लाख रुपैयाँमा खरिद गरेका छन् । त्यतिमात्र नभई पवनले बीरगंजको बसपार्क क्षेत्रमा केही प्लट जग्गा पनि खिरद गरेका छन् । उनले अवैध आर्जन गरेको सम्पत्तिबारे थप विवरण संकलन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लिखित उजुरी गर्ने तयारी पनि भइरहेको एक व्यक्तिले नाम नछाप्ने शर्तमा बताएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend