काठमाडौं । सशस्त्र प्रहरी बलको मधेश प्रदेश (छिन्नमस्ता बाहिनी)का डीआईजी कालीदास धौबजी तानिएका छन् । ८ महिनाअघि गएको बैशाख १८ मा मधेश प्रदेशमा सरुवा भएका धौबजीलाई सशस्त्र प्रहरी बलले एक बर्ष नपुगी मुख्यालयमा तानेको छ ।
गएको मंसिर १६ गते तस्करीको मदिरा बोकेको गाडीले सिरहाको बडहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक(सई) लक्ष्मणप्रसाद यादवलाई किचेर मारेको थियो । मदिरा तस्करी रोक्न खोज्दा सईलाई भारतीय नम्बरको गाडीले किचेर मारेको थियो । मदिरा तस्करहरुको कनेक्सन बाहिनीपतिसम्म रहेकाले उनलाई छानबिनका लागि तानिएको स्रोत बताउँछ ।
नेपाल–भारत सीमाक्षेत्र बरियारपट्टी गाउँपालिका–१ कचनारीमा मंसिर १६ गते बिहान मदिरा तस्करले सई यादवको किचेर हत्या गरेका थिए ।
गस्तीमा खटिएका यादवले मदिरा बोकेको जिपलाई रोक्ने क्रममा उनलाई ठक्कर दिएर भागेको थियो । सिरहाबाट मदिराको तस्करी ब्यापक हुँदैआएको र बाहिनीमै सेटिङ गरी तस्करी गर्दैआएका थिए । गाडीले ठक्कर दिएर मृत्यु हुनुअघि सई यादवले डीआईजीले मदिरा तस्करी नरोक्न दबाब दिएको बिषयमा उनले सँगै खटिएकाहरुसँग भन्दैआएको कुरा समेत सशस्त्र मुख्यालयमा पुगेपछि उनी छानबिनका लागि तानिएको स्रोत बताउँछ ।
मधेश प्रदेशअन्तर्गतका जिल्लाबाट तस्करी बढेको र राजस्व असुलीमा असर परेको सूचनाका आधारमा धनुषा, बाराका गण र गुल्मदेखि बीओपीको इन्चार्जहरु पनि छानबिनका लागि तानिएका छन् ।
सशस्त्र प्रहरी १२ नम्बर गण बाराका सन्तोषबहादुर सिंह र ८ नम्बर गण धनुषाका दर्शन गिरी तानिएका छन् । तस्करी बढेको ब्यापक गुनासोपछि बाराका एसपी सिंहमात्र होइन, २ वटा गुल्मका डीएसपी पनि तानिएका छन् । प्रस्तावित गुल्म मटिअर्वा बाराका डीएसपी बिदुर भट्टराई र पिपरपाती गुल्मका राजीव थापा तानिएका छन् ।
महोत्तरी सम्सी बीओपीका कृष्णबहादुर गुरुङ, धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा पनि तानिएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend