काठमाडौं । पद सम्हालेको १५ दिन नबित्दै लुम्बिनी प्रदेशका प्रहरी कार्यालयका प्रमुख (डीआईजी) दानबहादुर कार्कीले पूर्वआईजीपी शैलेश थापा क्षेत्रीको पालामा बन्द भएको बेलहियाको ट्राफिक चेकपोष्ट पुनः राख्न अनुमति दिएका छन् ।
सिमेन्ट र स्टील कारखानाका सामान बोेकेका ट्रकसँग ब्यापक असुली गरेको गुनासोपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका तत्कालीन प्रमुख(एसपी) डम्बर विकलाई चेकपोष्ट हटाउन निर्देशन दिएका थिए ।
ट्राफिक कार्यालय रुपन्देहीका तत्कालीन इन्चार्ज इन्स्पेक्टर दिवस जीसी थिए । बेलहिया चेकपोष्टमा असुली भएको रकम राजमार्ग सुरक्षाका इन्चार्जदेखि प्रदेशका डीआईजीसम्मलाई भागबण्डा हुने गरेको गुनासो पुगेपछि विकलाई कारबाही गर्ने चेतावनी दिएर बन्द गरिएको थियो । त्यो चेकपोष्ट डीआईजी कार्की गएको १५ दिनमै खुलाइएको छ । ट्राफिक कार्यालय रुपन्देहीकी प्रमुख रन्जु केसीले डीआईजीको आडभरोसामा चेकपोष्ट खडा गरेपछि पाल्पाबाट आउने चुन ढुङ्गा बोकेका ओभरलोड टिपरसँग दररेट अनुसार असुली गर्ने गरिएको छ । अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट, पन्चकन्या स्टील, गल्लामण्डी दैनिक आउने गरेका छन् ।
उद्योगमा आउने ओभरलोड टिपरदेखि आलुप्याज लोड भएका गाडी, भारतीय नम्बर प्लेटका सवारीसाधनसँग बेहलियामा चेकपोष्ट राखी दैनिक डेढ लाख रुपैयाँसम्म घुस असुली गर्ने गरेको आरोप छ । ट्राफिक कार्यालय रुपन्देहीले बेलहिया पोस्टमा दररेट संकलन गर्न बेलहियाका सई मधु थापा, रुपन्देही ट्राफिकका हवल्दार पशुपति भट्टराई र सहायक हवल्दार महेश भट्टराईलाई परिचालन गरिएको छ । रुपन्देही ट्राफिकमा कार्यरत प्रहरी जवान रमा पाण्डेलाई पनि कार्यालय प्रमुखले खटाएको स्रोत बताउँछ ।
डीआईजी कार्की जिल्ला प्रहरी परिसर काठमाडौंमा हुँदा इन्स्पेक्टर केसी महिला सेलमा भएकाले पनि बेलहियामा चेकपोष्ट राख्ने माग अनुसार सहजै अनुमति दिइएको स्रोत बताउँछ । रन्जु केसी पहिला इप्रका गढवा दाङमा बस्दा तस्करीको लाइन दिएको आरोप लागेको थियो । अहिले गढवामा कार्यरत प्रनि कालिका कार्कीलाई पनि प्रवक्ता हुँदा उनैले पठाउन भूमिका खेलेको स्रोत बताउँछ ।
बेलहियामा चेकपोष्ट राखेर असुली हुने अतिरिक्त लाभको भागबण्डा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुख श्याम खत्रीदेखि डीआईजी कार्कीसम्म पुग्ने गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको एक साताभित्रै तस्करीको सेटिङ चलाएका कपिलवस्तुको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्सपेक्टर वीरबहादुर सुनारलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेर विवादमा आएका थिए डीआईजी कार्की ।
डीआईजीको आडमा सईको तुजुक
लुम्बिनी प्रदेश कार्यालयको डीआईजीमा कार्कीको सरुवापछि सबैभन्दा बढी फूर्तिफार्ती प्रहरी नायब निरीक्षक सन्तोष रायमाझीको बढेको छ । कार्की इलाका प्रहरी कार्यालयको डीएसपी हुँदादेखिका उनका घुमुवा रायमाझी कपिलवस्तु र रुपन्देहीबाहेक जागिरे जीवनमा अन्यत्र सरुवा हुनुपरेको छैन । उनलाई सधैं कार्कीले नै त्यहाँ टिकाउने काम गर्दैआएका छन् । लामो समयसम्म त्यहाँ कार्यरत रहेकाले रुपन्देहीदेखि नवलपरासी र कपिलबस्तुको तस्करीको नेटवर्क उनले चलाएको आरोप लाग्ने गरेको छ ।

२०८१ मङ्सिर ३० गते गौतमबुद्ध विमानस्थलमा उत्रिएपछि डिआईजीलाई लिन रातो रङ्को मारुती सुजुकी ब्रेजा गाडी भैरहवा एयरपोर्टमा तम्तयार अवस्थामा थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संचारमा डिआईजी साब लु २ च ८४३६ नम्बरको गाडीमा सवार भएको भन्दै सर्कुलर पुग्यो । उक्त रातो ब्रेजा गाडीको गाडी नम्बर सुन्ने बित्तिकै गाडीधनी चिनेका प्रहरी कर्मचारीले जिब्रो टोकेका थिए । त्यो गाडी थियो बर्षौदेखी भैरहवालाई केन्द्रबिन्दु बनाएर घुमुवा बसेका सई सन्तोष रायमाझीको । उनकै उक्त गाडीमा डीआईजी कार्की भैरहवाबाट दाङ, तुलसीपुर गएका थिए । कार्की आएपछि रायमाझीको तुजुक यति बढेको छ कि प्रदेशका आकर्षक पोष्टमा सरुवा गर्ने जुनियर अधिकृतसहितका प्रहरीको सूची तयार गर्न उनी दत्तचित्त भएर लागेको स्रोत बताउँछ ।
रायमाझीले आकर्षक पोष्टमा जान ठाउँ हेरी दररेट तय गरेको स्रोत बताउँछ । देशभरका बदनाम घुमुवा हटाउने अभियान पदभार ग्रहणदेखि नै थालेका आईजीपी बसन्तबहादुर कुँवरले भैरहवालाई केन्द्रबिन्दु बनाएर बर्षौदेखि अड्डा जमाएका सई रायमाझीलाई भने यथावत राखिएको छ । पचासौं जना घुमुवालाई मुख्यालय र महाराजगंजको गणमा तानेर राखिए पनि रायमाझी भने अपवादमा परेका छन् । कार्की बुटवल इप्रकामा प्रमुख हुँदादेखिको घुमुवा हुन् रायमाझी ।
रायमाझीले अख्तियारले २०८१ भदौ २६ गते १५ हजार रुपैयाँ घुससहित रङ्गेहात समातिएका हवल्दार डुकबहादुर खड्का क्षेत्रीलाई निलम्बन भएको अवस्थामै गोप्यरुपमा परिचालन गरेका छन् । भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरेबापत घुस रकमसहित उनी पक्राउ परेका थिए । रायमाझीले प्रसनि राजकुमार केसीलाई प्रहरी चौकी मेउडिहवा रुपन्देहीमा खटाएका छन् ।
रायमाझीलाई लम्बिनी प्रदेश प्रहरीभित्र छायाँ डीआईजीको संज्ञा दिने गरिएको छ । रायमाझीसहितको डीआईजी कार्कीको कोरटीममा इप्रका मुर्गियामा इन्स्पेक्टर आदित्यराज बिष्ट, इन्स्पेक्टर, कृष्णनगरमा सुरजजंग खत्री, चन्द्रौटामा सुजनबिक्रम शाह, ट्राफिकको रन्जु केसी लगायत छन् । धकधईका इन्स्पेक्टर कृष्ण घिमिरे कोरटीम थिए । तर उनका बारेमा प्रहरी मुख्यालयमा ब्यापक गुनासो पुगेपछि केही दिनअघि आइजीपी बसन्तबहादुर कुँवरको ठाडो आदेशमा संघीय प्रहरी कार्यालय भैरहवामा तानिएका छन् ।
कपिलवस्तुको एसपी हुँदाताकाका कार्कीका घुमुवा असई श्याम चौधरीलाई पनि अहिले पुनः परिचालन गरिएको छ । कपिलस्तुबाट ब्यापक रुपमा गोरु तस्करी बढेको छ । तर गोरुसिंगेका तिनै तस्करीमा सेटिङ गरेको आरोप लागेका इन्स्पेक्टर सुनारलाई उनले पुरस्कृत गरेका छन् । कपिवलस्तुका एसपी निरन्जनदत्त भट्ट छन् ।
पहिला रवि लामिछानेका विश्वासपात्र, अर्थमन्त्रीलाई अनुनय बिनय गरी प्रदेशमा सरुवा
जिल्ला प्रहरी परिसर काठमाडौंको एसएसपी हुँदा रवि लामिछाने को मुद्दा मिलाएका डीआईजी दानबहादुर कार्कीले उनको प्रियपात्र पहिलो वरियतामा डीआईजी बढुवा हुन सफल भएका थिए । कार्कीले रवि लामिछाने गृहमन्त्री हुँदा हालका प्रवक्ता एसएसपी विश्व अधिकारीलाई समेत साथमै लगेर पहिला म आईजी हुन्छु, म पछि यी विश्व भाइ आईजी हुन्छन् भनेर ब्रिफिङ गरेको कुरा बेलाबेला प्रहरी मुख्यालय नक्सालमा चर्चा हुने गर्दछ ।
लामिछानेको प्रिय बनी लाभ लिएर बढुवा भएका उनले लुम्बिनी प्रदेशमा सरुवा हुनका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई खुसी पारेका थिए । सरुवाको अघिल्लो दिनसम्म लुम्बिनीको डीआईजीमा सुशीलसिंह राठौरको नाम थियो । तर अर्थमन्त्री पौडेलमार्फत् भिटो प्रयोग गरी उनलाई सरुवा गरिएको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend