काठमाडौं – क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन् ।
बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं-१६ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीबाट पक्राउ परेका हुन् ।
आचार्यका अनुसार बर्तौला नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएर क्यासिनो छिरेका थिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा बर्तौलाले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुलेको छ ।
बर्तौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ। कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध छ ।
क्यासिनोहरूले ‘सेटिङ’ गरेर नेपालीलाई छिराउने गरेको गुनासो अत्यधिक छ। क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाएपछि मिटरब्याजी र बिचौलियाहरुले भारतीय आधार कार्ड बनाएर विदेशी नागरिक भन्दै जुवा खेलाउने ब्यवस्था गर्दैैआएका छन् ।
अरुण सेढाई, बलराम सापकोटा ‘बले’ राजन भुजेलजस्ता मिटरब्याजका नाइकेहरले नेपालीलाई नक्कली भारतीय आधार कार्ड बनाई विदेशी नागरिक भनेर क्यासिनोमा प्रवेश गराउँदैआएका छन् । बलेले संचालन गरेको झापाको मेची क्राउनमा संचालित क्यासिनोमा समेत नेपालीको प्रवेश हुँदैआएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend