Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाल्डो क्यासिनोमा जुवा खेल्ने नेपाली पक्राउ, नक्कली भारतीय आधार कार्ड बनाएर प्रवेश


    सोमबार, मंसिर २४ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन् ।

    बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बर्तौला काठमाडौं-१६ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यासिनो वाल्डो डाइनेस्टीबाट पक्राउ परेका हुन् ।

    आचार्यका अनुसार बर्तौला नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएर क्यासिनो छिरेका थिए ।

    प्रारम्भिक अनुसन्धानको क्रममा बर्तौलाले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाएको खुलेको छ ।

    बर्तौलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ। कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध छ ।

    क्यासिनोहरूले ‘सेटिङ’ गरेर नेपालीलाई छिराउने गरेको गुनासो अत्यधिक छ। क्यासिनोमा नेपाली प्रवेशमा रोक लगाएपछि मिटरब्याजी र बिचौलियाहरुले भारतीय आधार कार्ड बनाएर विदेशी नागरिक भन्दै जुवा खेलाउने ब्यवस्था गर्दैैआएका छन् ।

    अरुण सेढाई, बलराम सापकोटा ‘बले’ राजन भुजेलजस्ता मिटरब्याजका नाइकेहरले नेपालीलाई नक्कली भारतीय आधार कार्ड बनाई विदेशी नागरिक भनेर क्यासिनोमा प्रवेश गराउँदैआएका छन् । बलेले संचालन गरेको झापाको मेची क्राउनमा संचालित क्यासिनोमा समेत नेपालीको प्रवेश हुँदैआएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार