Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आजदेखि काठमाडौंमा रविको बयान लिइने


    शुक्रबार, मंसिर १४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कास्की, रुपन्देहीबाट अड्डासार गर्दै काठमाडौंमा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सुरु हुँदैछ ।

    बिहीबार साँझ पोखराबाट लामिछानेलाई काठमाडौंमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंमा उनको बयान लिन लागिएको हो ।

    स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको पाइएको छ । पक्राउ पूर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी उनलाई पोखरा र्पुयाइएको थियो ।
    पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्यादथपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार