Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन आज


    मंगलबार, मंसिर ४ २०८१
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – मंसिर २६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ ।निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने भएको हो ।

    प्रकाशन भएका नामावलिबाट मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    यही मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार