मोहम्मद हबिब
भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको वयान विहीबार राती ८ बजे सकिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेमाथि लागेको कसुर सम्बन्धमा करिब २३ घण्टा वयान भएको हो । वयानको क्रममा सोधिएको ७४ वटा सवालको जवाफ सहज रुपमा दिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले बताए । सोधिएको सवालको सबै जवाफ उनले सहज रुपमा नै दिएका छन् ।
अनुसन्धान अधिकारीले थप अनुसन्धान गरि अरु सम्बन्धितसँग वयान लिई कागजात संकलन गरि प्रतिवेदन तयार हुन्छ । सो प्रतिवेदन पेश गरेपपछि मुद्धा चल्ने नचल्ने वा कुन कुन शिर्षकमा मुद्धा चल्ने भन्ने विषय बाँकी रहेको उनले भने ।
पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएका बताउदै प्रतिवेदनमा अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर वयान फेरि पनि लिन सकिने व्यवस्था रहेको उनले भने ।
जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक वयान ३ घण्टा ३५ मिनेट वयान लिएको थियो त्यस्तै दोस्रो दिन विहान सवा १० बजे देखि सवा ७ बजे सम्म ९ घण्टा वयान भएपनि सवाल जवाफ नसकिएकोले विहीबार वयानको अन्तिम टुङ्गो लगाउने गरि साढे १० बजेबाट वयान सुरु गरी राती ८ बजे सम्म वयान लिएको छ ।
उनीविरुद्ध परेको सहकारी ठगि विरुद्धको कसुरमा रहेर नै सवाल जवाफ भएका छन उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको र हालको लागि रुपन्देहीमा वयान सकिएको सरकारी वकिलको कार्यालयल जानकारी दिएको छ ।
सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पुर्याइएको थियो । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ । केही बोलिहाल्छन की भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वाकिलको कार्यालय र हिरासत सम्मको यात्रा भइरहेको छ । दर्जनौ नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनको यात्रा भइरहयाे ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजित सिंह राठौरले रवि लामिछानेको वयान ढिलो सकिएकोले पोखरा लैजान बिहीबार राती सम्भव नभएकोले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई शुक्रबार पोखरा पठाउने तयारी रहेको छ ।
पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेबिरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने छ । जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन । स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा वयान भएको छ । यस अघि सोही कसुरमा छविलाल जोशीसँग पनि वयान लिएको थियो । छविसँग ५६ सवाल जवाफ भएको थियो ।
रास्वपाका कार्यकर्ताहरुले लामिछाने रुपन्देही आए देखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन । बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल ¥याली गरी नारवाजी गरेका थिए ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।
रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend