Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रविलाई चढाइएको जहाज भैरहवा उड्यो


    मंगलबार, कार्तिक २७ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ ।

    सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको हो ।

    भिजिबिलिटी कम भएका कारण रोकिएको बुद्ध एयरको जहाज केही समयअघि मात्र रविलाई लिएर पोखराबाट भैरहवातर्फ उडेको छ ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज रुपन्देही लगेको हो ।

    लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

    सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

    यसैबीच लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

    लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार