काठमाडौं । नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरी एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद भएका देवीप्रसाद भट्टचन सहकारी ठगीमा मुछिएका छन् । उनीबिरुद्ध ९८ करोड सहकारी ठगीको जाहेरी सरकारी वकिल कार्यालय काठमाडौंमा दर्ता भई नेपाल प्रहरीमा पुगेको डेढ महिना भइसकेको छ । तर सरकारको नेतृत्व गरेको पार्टी एमालेका सांसद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाउन सकेको छैन । पैसा र पावरकै आडमा भट्टचनले अनुसन्धान रोकेका छन् ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भई प्रहरीमा पुगेको १ डेढ महिना हुन लाग्दा पनि उनलाई पक्राउ नगरी उन्मुक्ति दिइएपछि कानुनको ब्याख्या आफ्नो स्वार्थअनुसार गरेको स्पष्ट रुपमा देखिएको छ ।
सरकारी वकिल कार्यालय काठमार्डौंमा दर्ता भई अनुसन्धानका लागि पठाइएको सहकारी ठगीमा भट्टचनलाई जोगाउन प्रहरी नै लागेको छ । जीबी राईले पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा लगेकोमा कम्पनीको एमडी भएकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कात्तिक २ गतेदेखि लगातार थुनामा राखिएको छ । उनलाई राज्य नै लागेर पक्राउ गरी थुनामा राखेको छ ।
जीबी राईले सहकारीको रकम ग्यालेक्सीमा लगेकोमा रविलाई अनुसन्धानका नाममा नियतबस थुनामा राखिएको छ । तर प्रभु बैंककै संचालक रहेकी कुसुम लामाले एमाले सांसद देवी भट्टचनले ९८ करोड सहकारी ठगी गरेको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा लिएर जाँदा पनि आवश्यक प्रमाण नभएको भन्दै दर्ता नै गरिएन ।
रवि लामिछानेलाई जाहेरी नै नपरेको, सहकारी ठगी छानबिन गर्न बनेको संसदीय समितिले ठगीमा उनको संलग्नता देखाउन नसकेको अवस्थामा पनि प्रहरीले पक्राउ पूर्जी ल्याएर २४ दिनभन्दा बढी समयदेखि थुनामा राखिरहेको छ । तर कुसुम लामाले भट्टचनबिरुद्ध सहकारी ठगीको जाहेरी दिंदा पनि दर्ता गरिएन । सिंगो प्रहरी संगठन नै उनलाई जोगाउन लागेपछि कुसुम लामाले सरकारी वकिल कार्यालयमा२०८१ असोज ११ गते जाहेरी दर्ता गराएकी थिइन् ।
प्रभु म्यानेटजम्यान्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध जाहेरी लिएर जाँदा काठमाडौं परिसरले आवश्यक प्रमाण नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । प्रहरी कार्यालयले जाहेरी लिन नमानेकै कारण उनले सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता गराउन बाध्य भएकी थिइन् । लामाले भट्टचनबिरुद्ध प्रमाणसहितको जाहेरी प्रहरीले दर्ता नगरेपछि सरकारी वकिलमार्फत् दर्ता गर्नुपर्ने अवस्थाले कानुनी राज्यको उपहास गरेको छ । सरकारी वकिल कार्यालयले दर्ता गरी प्रहरी परिसर काठमाडौंमा पठाए पनि सत्तारुढ दल एमालेका सांसद भट्टचनको चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन । एमालेका सांसद भट्टचनकोे अनुसन्धान अगाडि बढाउन प्रहरी पन्छिंदैआएको छ ।

९८ करोड ठगी सम्बन्धी आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेको भन्दै प्रहरीले अनुसन्धान अघि नबढाई भट्टचनलाई उन्मुक्ति दिइरहेको छ । राजनीतिक दबाबमा अनुसन्धान हुन नसकेको भए पनि प्रहरीले कागजात नपुगेको रेडिमेड जवाफ दिने गरेको छ ।
गहन अनुसन्धान गर्ने हो भने भट्टचन हुन्डीमा समेत तानिने सम्भावना रहेको बताइन्छ । प्रभु रेमिटेन्समाथि हुन्डी कारोबारमा समेत अनुसन्धान हुनुपर्ने अवस्था छ । उक्त रेमिटले विदेशबाट हुन्डीको रकम सहकारीमार्फत् भुक्तानी दिदै आएका थिए ।
भट्टचनले सहकारी ठगी गरेको जाहेरी लामाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा दिएकी थिइन् । सीआईबीका तत्कालीन डीआईजी श्याम ज्ञवालीलाई प्रभु बैंकका सीईओ अशोक शेरचनले प्रभावमा पारी जाहेरी दर्ता हुनबाट रोकेका थिए । ज्ञवालीका निकट प्रहरी अधिकारीलाई ठूलो रकम दिएर जाहेरी दर्ता हुनबाट रोकिएको उजुरी आईजीपी सचिवालयमा समेत परेको छ । श्याम ज्ञवालीकोबारेमा गठन भएको एआईजी टेकप्रसाद राईको छानबिन समितिले समेत उक्त उजुरीका बारेमा प्रतिवेदनमा उल्लेख गरेको छ ।
सत्ताको आडमा उन्मुक्ति पाउँदैआएका भट्टचनले नै कुसुम लामालाई प्रभु म्यानेजमेन्टको अध्यक्ष समेत बनाएका हुन् । तर पछिल्ला दिनमा अवैध हुन्डीदेखि विभिन्न कारोबारका कारण उनीहरुको सम्बन्ध बिग्रन पुगेको स्रोत बताउँछ ।
भट्टचन प्रभु बैंकका पूर्वअध्यक्ष हुन् । डिसहोमका पनि पूर्वअध्यक्ष हुन् ।
पूर्वअध्यक्ष भए पनि भट्टचनको अहिले पनि प्रभु बैंकमा दबदबा छ । बैंकका सीईओ अशोक शेरचन र भट्टचन एउटै व्यवसायिक समूहका हुन् ।
उनीहरु दुवै मिलेर बैंकमा मनपरी कर्जा प्रवाह गरेका छन् । कानुनबिपरीत उनीहरुले विभिन्न कम्पनीमा कर्जा प्रवाह गरेको बिषयमा समेत राष्ट्रबैंकले छानबिन गर्नसकेको छैन । भट्टचन र अशोक शेरचनले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत प्रभावमा पारी अनियमित कर्जा प्रवाहको बारेमा छानबिन हुनबाट रोकेका छन् । भट्टचन र शेरचनको मिलेमतोमा प्रवाह भएको कर्जा डुबेको छ । भट्टचन पक्राउ परेको खण्डमा मनपरी कर्जा प्रवाह सतहमा आउने भएपछि सिईओ शेरचन समेत अहिले प्रहरी अनुसन्धान रोक्न लागिपरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend