Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेलाई म्यादथपका लागि आज अदालत लगिंदै


    आइतबार, कार्तिक २५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराईँदैछन् ।

    लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

    प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते  कार्तिक १५ गतेदेखि २४ गतेसम्मका लागि १० दिनको म्याद थपेको थियो । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार