Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


    मंगलबार, कार्तिक २० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछानेलाई थुनामुक्त गर्न दबाब दिने उद्देश्यले रास्वपाले पोखरामा मंगलबार बृहत् प्रदर्शन गरेको थियो ।

    सहकारी ठगीको अनुसन्धानका सिलसिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ । एक पटक ५ दिन र अर्को पटक ७ दिन म्याद थप भएको थियो ।

    यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो। तर अदालतले १० दिनको मात्रै दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार