काठमाडौं । त्रिपुरेश्वरस्थित उद्योग परिसरमा उद्योग मन्त्रालय मातहतका विभिन्न कार्यालय छन् । कम्पनी रजिष्टार कार्यालय सार्क हस्तकला केन्द्रका लागि तयार गरिएको भवनमा सरेपछि पुरानो कार्यालय अहिले दुर्व्यसनीहरुसमेतको अखडा बन्न पुगेको छ । कम्पनी रजिष्टार महेश बरालले तत्कालीन उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुका पालामा गुपचुपरुपमा कार्यालय सारेका थिए । साविकको कार्यालय ठीकठाकै अवस्थामा रहेको भए पनि छेउमै रहेको नयाँ भवनमा बरालका आँखा लागेपछि रातारात सारिएको थियो ।
निजी क्षेत्र र सरकारको लगानीमा बनेको उक्त भवन हस्तकला सामग्रीसँग मिल्नेगरी परम्परागत शैलीले निर्माण गरिएको छ । हरेक कोठाहरु आकर्षक देखिन्छन् । त्यति महत्व बोकेको उक्त भवनमा कार्यालय सारिएपछि पुरानो भवनको माथिल्लो तलामा मात्र कम्पनीका फाइलहरु स्टोर गरी ओगटिएको छ । अहिले उक्त भवनको सबै रेखदेख कार्यालय सहयोगी गोकर्ण चौधरीको भरमा छ । उनी एसीसहितको कोठामा फाइल खोज्न आउने सेवाग्राहीलाई बेला बेलामा सेवा दिने र बाँकी समय उनी बाहिर नै घुमिरहेका भेटिन्छन् ।

अर्को भवनको अवस्था पनि लथालिंग छ । भूईतलामा ग्लोबल आईएमई बैंकको काउन्टर छ भने बाँकी कोठा अस्तब्यस्त छन् । कम्पनी रजिष्टार कार्यालय बसेको पुरानो भवनको रजिष्टार र उपरजिष्टारको सवारी साधन पार्किङ गर्ने ठाउँमा वकिल र सेवाग्राहीका सवारीसाधनले भरिभराउ हुने गरेका छन् । परिसरमै लुँडो खेल्ने, चुरोट खैनी, गुट्खा सेवनकर्ताहरुको मेला नै लाग्ने गरेको छ । भित्रका कोठाका ढोकाका चुकुलहरु कवाडीले लगेका हुन् कि भाँचिएका हुन् कि नामोनिसाना छैन । सबै कोठाका ढोका र झ्याल खुल्ला छन् । शौचालय बाहिरैबाट दुर्गन्धित अवस्थामा छ भने काार्यलयका पुराना सामानहरु असरल्लरुपमा छाडिएको छ ।
निजी करिब १ लाख कम्पनीहरुको कागजी सम्पत्तिको जिम्मा लिएर बसेको कम्पनी रजिष्टार कार्यालय आफैं भने भौतिक सम्पत्तिको संरक्षण गर्न नसक्दा दुर्व्यसनीहरुको अखडामा परिणत भएको छ । भवनका दर्जनौं कोठाहरु खुल्ला छाडिंदा सेवाग्राहीहरुसँग वकिल र कर्मचारीले मोलमोलाई गर्ने स्थल बन्न पुगेको छ । अहिले कम्पनी रजिष्टार कार्यालय परिसरको मूलगेटबाट छिर्नेबित्तिकै जोकोहीलाई दलालहरुले ‘तपाईको केही काम छ कि’ तानातान गरिरहेको दृश्यले सरकारी कार्यालयमा बेथितिलाई झल्काउँदैआएको छ । परिसरभित्रै अहिले कागजपत्र मिलाउने, फोटोकपी, प्रिन्टिङ जस्ता काम लुकीछुपी दलालहरुले खुल्ला रहेका कोठाहरुबाट गरिरहेका छन् । प्रयोगबिहीन अवस्थामा रहेका कोठाहरुलाई बन्द गर्न समेत नसकेको रजिष्टार कार्यालयको यो हविगतका बारेमा सर्वत्र प्रश्न उठिरहेको छ ।
उक्त भवनमा केही सरकारी कार्यालयले आँखा लगाए पनि शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयमातहतको विभाग सार्नका लागि पहल अगाडि बढाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend