काठमाडौं । न्यायालयमा सेटिङका आधारमा फैसला हुने गरेकाले निष्पक्ष न्याय सम्पादन हुन छाडेका गुनासाहरु आइरहने गरेका छन् । न्यायपरिषदले त्यस्ता उजुरीमा कारबाही गर्छ भन्ने विश्वासका साथ उजुरी परे पनि अधिकांश उजुरीमा कारबाही नहुने गरेको गुनासो छ । न्यायपरिषदले धेरै विवादमा परेका न्यायाधीशका बिरुद्ध परेका उजुरीमा कारबाही पनि गरेको छ । यसअघि न्यायपरिषदले जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीशको कार्यसम्पादन र आचरण जोडिएका विषयमा विस्तृत छानबिन गरी कारबाही गरेको छ ।
न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला र सूर्यप्रसाद अधिकारीका अलावा धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको पनि छानबिन भएको थियो । तर भट्टराईले कारबाही हुनुअअघि नै राजीनामा दिएर बाहिरिएका थिए । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै नेतृत्वको न्यायपरिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलियालाई पनि बर्खास्त गरेको छ ।
यसैक्रममा नवलपरासी जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माका बिरुद्ध न्यायपरिषदमा आइतबार (भदौ ३०, २०८१)मा परिषदमा उजुरी परेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिकाकी कृष्णाकुमारी खत्रीले न्यायाधीश शर्माका बिरुद्ध उजुरी दिएकी हुन् ।
उजुरीमा खत्रीले न्यायाधीश शर्मामा कार्यक्षमताको अभाव र आफनो पदीय दायित्व इमान्दारीपूर्वक पालना नगरेको उल्लेख गरेकी छन् । खत्रीले उजुरीमा उल्लेख गरेकी छन्–म प्रतिवादी भएको ठगी मुद्दामा न्यायाधीश शर्माले २०८० चैत २२ मा कसूर ठहर तथा २०८० चैत २६ मा सजायँ निर्धारण गरी मलाई सजायँ गर्नेगरी फैसला गर्दा फौजदारी कानूनको गम्भीर उल्लंघन गरेका छन् ।
नेत्रप्रसाद भट्टराई र उनको श्रीमती लक्ष्मी भण्डारी भट्टराई र उनीहरुका छोरी अनिशा भट्टराईको नामको नवलपरासी साविक स्वाठी, हाल सुनवल न. पा., वडा नं ३ क को २५ कित्ता जग्गाहरु कृष्णाकुमारी खत्री पन्त र अशोकश्याम महर्जन समेतले लगानी एवं खण्डिकरण गरी बिक्री गर्ने र प्रतिफल बॉडफॉड गर्ने सहमति भएको थियो । जग्गा सम्बन्धी कित्ताकाट र बिक्रीको प्रबन्ध, व्यवस्थापन उनीहरुले गर्ने, केही रकम २०७५ साल माघसम्ममा मैले चेक सटही गर्नुपूर्व निजहरुवाट नगद लिई चेक फिर्ता गर्ने र चेकको २ करोड ५६ लाख मैले मात्र लिने विश्वास दिलाइयो । र २०७६ असोज ३० को रु. १ करोड, २०७६ पुस २९ को पचास लाख र २०७६ माघ २४ को १ करोड छ लाख गरी जम्मा २ करोड ५६ लाखको चेकहरु अशोक श्याम महर्जनले दिएकोमा विपक्षीले उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गरी मलाई दिएका चेकहरु बाउन्स गर्ने समय समेत कटाइदिएको र चेकको रकम माग गर्दा सकेको गर भने ।
जाहेरवाला अशोकश्याम महर्जनले दिएका निजका निजी चेक तथा निजको व्यक्तिगत कारोवारका सम्बन्धमा म उजुरकर्तालाई कुनै थाहा जानकारी रहेको छैन । जाहेरीमा उल्लेखित व्यक्ति अशोकश्याम महर्जनको २०७७ माघ ३ मा मृत्यु भएपछि निजलाई ऋणी जनाई निजको हकवाला पत्नी तथा छोराका विरुद्ध २०७७ फागुन १२ मा लेनदेन मुद्दा नेत्रप्रसाद भट्टराईले दायर गरेका थिए । उक्त मुद्दा दायर गर्दा अशोकश्याम महर्जनको मृत्यु दर्ता प्रमाणपत्र समेत दाखिला गरेका थिए । नेत्रप्रसाद भट्टराईलाई चेक खिचिदिने अशोकश्याम महर्जनको मृत्यु भएको झण्डै १ वर्षपछि अनादर नभएको चेकको आधारमा ठगी मुद्दाको जाहेरीमा मृतक अशोकश्याम महर्जन, उनकोे श्रीमती विमला श्रेष्ठ तथा म उजुरकर्ता समेतलाई विपक्षी बनाई २०७८कात्तिक ९ मा ठगीको जाहेरी दिए ।
त्यो निवेदन २०७८ मंसिर ७ मा दर्ता गरिएको झूटो जाहेरीको आधारमा म (कष्ष्णकुमारी खत्री) उपर अभियोजन नै हुन नसक्ने मुद्दा अभियोजन भएकोमा न्यायालयबाट न्याय पाउने कुरामा विश्वस्त भएकी थिएँ । तर न्यायाधीश शर्माले फैसला गर्दा म उजुरकर्तासमेतलाई अपराधी करार गरी मैले नखिचेको, मेरो सरोकार नभएको, अनादर नै नभएका चेकको आधारमा दायर गरिएको अभियोजनलाई सही ठहर गर्दै मलाई अपराधी करार गरेको फैसला कानूनको सर्वथा प्रतिकूल भएकाले उनमा कार्यक्षमताको गम्भीर समस्या रहेको देखिएकाले कारबाही गरिपाउँ भनी खत्रीले उजुरी दिएकी छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend