Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सशस्त्रका एसपीको ठेकेदारसँग सेटिङ, पूरा सामान नबुझाउँदै गुणस्तर पठाउने श्रेष्ठलाई जोगाइँदै ?


    बुधबार, असार ६ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलले आगलागी काण्डको छानबिन समितिको प्रतिवदेनले निलम्बन गर्न सिफारिस गरेका भण्डारका एसपी राजेन्द्र श्रेष्ठलाई जोगाउने प्रपन्च गरिरहेको छ । २६ चैत, २०८० मा सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो । आगलागी भएको २ दिनपछि दुई वटा छानबिन समिति बनाइएको थियो ।

    सशस्त्र प्रहरीले एआईजी बंशीराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको थियो । गृहमन्त्रालयले सहसचिव भरतमणि पाण्डेको अध्यक्षतामा अर्को समिति बनाएको थियो । एआईजी दाहाल नेतृत्वको छानबिन समितिले आगलागी काण्डपछि महाशाखा बनाइएको भण्डारमा लेखा उपसमूहका एसपी श्रेष्ठ प्रमुख थिए । उनी प्रमुख हुँदा भण्डारमा आगलागी भएको थियो । आगलागीमा  बन्दोबस्ती तथा सुरक्षाका महत्वपूर्ण सामानहरु जलेर नष्ट भएको सशस्त्र प्रहरीले बताएको थियो ।

    सशस्त्र प्रहरीले ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज, ट्याक्टीकल भेष्ट, झोला, झुल लगायतका सामान जलेको बताएको थियो । भण्डार शाखाको अभिलेखमा उल्लेखित सामान रहेको देखाइए पनि कतिपय ठेकेदारले नबुझाएका सामान पनि अभिलेखमा जनाएको एआईजी दाहाल नेतृत्वले समितिले प्रतिवेदनमा औंल्याएको छ ।

    तत्कालीन भण्डार शाखाका एसपी राजेन्द्र श्रेष्ठले ठेकेदारहरुसँगको सेटिङमा सामान पूरा नबुझाइकन(चुस्ताबाहेक) बुझाएको उल्लेख गरेको छानबिनका क्रममा पत्ता लागेको थियो । ठेकेदारहरुले सम्पूर्ण सामान भण्डारमा नबुुझाए पनि बुझाएको भनी गुणस्तर तथा नापतौल बिभागमामा गुणस्तर परीक्षणका लागि पठाएको छानबिनका क्रममा खुलेको थियो ।

    ठेकेदारले पूरा सामान बुझाएको कागजातमा देखिदैन, तर भण्डारका एसपी श्रेष्ठले पूरा सामान नआउँदै गुणस्तर परीक्षणका लागि पठाएको  देखिएको थियो । गुणस्तरको रिपोर्ट नआउँदै बलम्बु गोदाममा आगलागी भयो । सम्पूर्ण सामान नबुझाउँदै ठेकेदारसँगको सेटिङमा गुणस्तर परीक्षणका लागि पठाउने एसपी श्रेष्ठलाई प्रतिवेदनमा निलम्बन गर्नुपर्ने उल्लेख छ । तर प्रतिवेदन बुझाएको १ महिना बितिसक्दा पनि उनलाई निलम्बन नगरी जोगाउन खोजिएको छ ।

    सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायमा गुणस्तर पास भएर आइसकेपछि मात्र भण्डारमा सम्पूर्ण सामान दाखिला भएको प्रमााणित गरी लेखा शाखामा भुक्तानीका लागि पत्राचार गरिन्छ । तर ठेकेदारसँग मिलेमतो गरी एसपी श्रेष्ठले पूरा सामान  नबुझाउँदै सबै बुझाएको उल्लेख गरी गुणस्तर परीक्षणमा पठाएकाले उनलाई निलम्बन गरी कारबाही अगाडि बढाउन सिफारिस गरिएको छ । बुझाउँदै नबुझाएको सामान समेत अभिलेखमा उल्लेख भएपछि ठेकेदारलाई फाइदा हुने भएको छ ।

    आगलागी काण्डमा लापरबाही गर्नेहरुको सूची बंशी दाहालको प्रतिवेदनले दिइसकेको भए पनि एसपी राजेन्द्र श्रेष्ठलाई सशस्त्र प्रहरी बलले गृहमन्त्रालयमा निलम्बनका लागि सिफारिस गरेको छैन । सशस्त्रको प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरको सिफारिसमा राजेन्द्र श्रेष्ठलाई आईजीपी राजु अर्यालले कारबाहीको सिफारिस नगरेको आरोप छ । सशस्त्रमा प्रबन्धपछि भण्डार कमाइ हुने ठाउँका रुपमा चिनिन्छ । त्यसको हिस्सा माथिसम्म पुग्ने  भएकाले उनलाई कारबाही सिफारिस नगरिएको चर्चा हुने गरेको छ । तिनै दीपेन्द्र कुँवरको सिफारिसमा डीआईजी पुृरुषोत्तम थापालाईलाई भने निलम्बन नै गर्न गृहमन्त्रालयमा सिफारिस गर्ने सशस्त्र मुख्यालयको तयारी छ ।

    आगलागीपश्चात् सशस्त्र प्रहरीका आईजीपी, एआईजीहरु, गृहमन्त्रालयका सचिव र गृहमन्त्री रवि लामिछानेसमेत घटनास्थलमा पुगिसक्दा पनि सशस्त्रको उपत्यकाको कमाण्ड गरेका डीआईजी थापा नपुगेपछि आईजीपी अर्याल पदीय दायित्व पूरा नगरेको भन्दै उनलाई निलम्बन सिफारिस गर्ने निष्कर्षमा पुगेको स्रोत बताउँछ । आगलागी भएको १ घन्टापछि मात्र डीआईजी थापा आगलागी भएको स्थल बलम्बु पुगेका थिए ।

    आगलागी प्रकरणपछि सशस्त्रको भण्डार शाखालाई महाशाखा बनाएर त्यहाँ एसएसपी भरत खनियाँलाई प्रमुखका प्रमुखमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार