Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक


    सोमबार, जेष्ठ ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले आजै अपराहन्न साढे १ बजे संसदीय दलको बैठक बोलाएको हो ।

    बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ ।  कांग्रेसले संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन समेत गर्ने जनाएको छ । पत्रकार सम्मेलन प्रमुख सचेतक रमेश लेखकले गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार