काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा आवेदन दिने ५ जनाको नाम सर्टलिष्टमा निकालेको १ महिना बितिसक्दा पनि नियुक्ति हुनसकेको छैन । बोर्डको अध्यक्षका लागि सर्टलिष्टमा पर्ने ५ जनामा डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ छन् ।
धितोपत्र बोर्डको अध्यक्ष बनाउन अर्थमन्त्री बर्षमान पुन भन्दा पनि बिचौलियाहरुको स्वार्थ बढी देखिएको छ । आवेदन दिएकामध्ये सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउन बिचौलिया दीपक भट्टले चलखेल गरिरहेका छन् । श्रेष्ठ बुटवलका हुन् । उनलाई अध्यक्ष बनाउनका लागि भट्टले एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलमार्फत् पनि अर्थमन्त्री बर्षमान पुनदेखि प्रधानमन्त्रीसम्म लबिङ गरिरहेका छन् ।
भट्टले नयाँ स्टक एक्सचेन्जको अनुमति लिनका लागि पनि बोर्डमा आफ्ना निकट श्रेष्ठलाई अगाडि सारेका छन् । भट्टकै चलखेलका कारण बोर्डको अध्यक्ष नियुक्ति नै रोकिन पुगेको छ ।
श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाएर भट्ट हिमालयन स्टक एक्सचेन्जको अनुमति लिने दाउमा छन् । भारत र चीन जस्ता विशाल अर्थतन्त्र भएका देशमा २ वटा स्टक एक्सचेन्जमात्र छन् । तर नेपालजस्तो सानो देशमा एउटा स्टक एक्सचेन्जले नै पर्याप्त बजार पाएको छैन भने अर्को आवश्यकै नभए पनि भट्टले बोर्डमा आफूअनुकूलको अध्यक्ष बनाएर लिन लागिरहेका छन् । उनले अदालतदेखि संसदको अर्थसमितिसम्म चलखेल गरी नयाँ स्टकको लाइसेन्स लिन खोजिरहेका छन् । त्यसका लागि उनले अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्यलाई बोर्डको सदस्यका रुपमा लगेका छन् ।
शाक्य सधैं अर्थमन्त्रालयमा रजाई गर्ने सहसचिव हुन् । उनलाई लाइसेन्स माफियाका रुपमा पनि चिनिन्छ । दीपक भट्टले अर्थको सहसचिवका रुपमा बिमा प्राधिकरणबाट दीपक भट्ट, सुलभ अग्रवालहरुको हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स दिए । ७ वटा प्रदेशमा लघुवीमाको लाइसेन्स पनि उनी नै प्राधिकरणको सदस्य हुँदा दिइयो । हिमालयन रि र लघुवीमाको लाइसेन्स दिंदा अरब भन्दा बढी घुस लेनदेन भएको चर्चा अद्यापि चलिरहेको छ । केपी शर्मा ओलीको सरकारको पालामा भएको ठूला नीतिगत भ्रष्टाचारमा हिमालयन रि को लाइसेन्सलाई पनि लिने गरिन्छ ।
भट्टले यसअघि नै रमेश हमाल अध्यक्ष हुँदा हिमालयन स्टक एक्सचेन्जको अनुमति लिन खोजेका थिए । स्टकको लाइसेन्स लिनकै लागि जनार्दन शर्मा अर्थमन्त्री हुँदा भट्टले हमाललाई नियुक्त गराउन सफल भएका थिए । भट्टले भिनाजु नाताका र आफ्नै लगानीको होटलका म्यानेजर हमाललाई बोर्डको अध्यक्ष बनाएर स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स जारी गराउने योजना बनाएका थिए ।
३७ वटा ब्रोकर लाइसेन्स ठूलो आर्थिक चलखेल गरी भट्टले जारी गराउन सफल भए । तर स्टकको लाइसेन्स लिन भने बोर्ड सदस्यहरुको असहमतिका कारण उनले सकेका थिएनन् । गएको पुसदेखि बोर्डको अध्यक्ष रिक्त छ । रिक्त अध्यक्षमा भट्टकै योजना अनुसार श्रेष्ठ, कृष्णबहादुर कार्कीले पनि आवेदन दिए । सर्टलिष्टमा पनि पारियो ।
श्रेष्ठलाई यसअघि बिद्युत प्राधिकरणको बोर्ड सदस्य पनि भट्टले नै बनाएका थिए । तिनै श्रेष्ठलाई पुनर्बीमा कम्पनीको अध्यक्ष बनाउन भट्ट अहिले एमालेका बिष्णु पौडेलदेखि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालसम्मलाई मिलाइसकेका छन् ।
सन्तोषनारायणलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनका लागि लबिईङ गर्न भट्टले केही दिनअघि केही दैनिक र अनलाइनका पत्रकारहरुसँग डिनर मिटिङ समेत गरेका छन् ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend