काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको लागि सर्टलिष्टमा परेका तीन उम्मेदवारहरुलाई बुधबारका लागि कार्यप्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु फेरि गएनन् । बुधबार ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएका छन् । जसका कारण सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया नै अन्यौलमा परेको छ ।
योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको बोर्ड अध्यक्ष छनोट समितिले यसअघि आइतबार अन्तर्वार्ताका लागि बोलाउँदा पनि उनीहरु अनुपस्थित भएका थिए । आइतबार सन्तोषणनाराण श्रेष्ठ र मुक्ति श्रेष्ठमात्र उपस्थित भएका थिए । सर्टलिष्टमा परेका डा. नवराज अधिकारी, कृष्ण कार्की र चिरन्जीवी चापागाई अनुपस्थित भएका थिए । उनीहरुलाई पुनः बुधबार बोलाइएकोमा फेरि पनि अनुपस्थित भएका छन् । बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भएकाले प्रक्रिया नै रद्द हुने संभावना छ ।
बोर्ड अध्यक्षका लागि विवादास्पद ब्यापारी दीपक भट्टले सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्न सत्तारुढ दल एमालेका अध्यक्षमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन् । प्रधानमन्त्री प्रचण्ड भने भट्टका ब्यापारीक साझेदार सन्तोषनारायणलाई नियुक्त गर्ने पक्षमा छैनन् । बोर्डको अध्यक्षमा सन्तोषनारायणलाई नियुक्ति गराएर हिमालयन स्टक एक्सचेन्जको लाइसेन्स लिने दाउमा भट्ट छन् ।
भट्टले त्यसका लागि सन्तोषनारायणलाई अध्यक्ष बनाउन निकै लामो समयदेखि कसरत गरिरहेका छन् । अदालत, संसदको अर्थसमितिदेखि राजनीतिक दलका शीर्षतहमा सेटिङ गरिसकेका भट्टले पछिल्ला दिनमा एमाले अध्यक्ष ओलीमार्फत् बोर्ड अध्यक्षमा सन्तोषलाई नियुक्त गराउन निकै जोडबल गर्दैआएका छन् । एमाले अध्यक्ष ओलीले भट्टका साझेदार सन्तोषलाई नियुक्त नगरे बजेट नै पास नगर्नेसम्मको धम्कीयुक्त भाषा प्रयोग गरेका समाचारहरु आइरहेका छन् ।
हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स लिएर सरकारी पुनर्वीमा कम्पनी धरासायी पार्न सफल भएका भट्टले सेबोनको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने र हिमालयन स्टक एक्सचेन्जको लाइसेन्स लिने र नेपाल स्टक एक्सचेन्ज डुबाउने खेलमा छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend