Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


    सोमबार, बैशाख ३१ २०८१
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।

    कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने जानकारी दिइएको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

    बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।

    कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार