Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता समीकरणमा कुनै समस्या छैन : गृहमन्त्री लामिछाने


    बिहिबार, बैशाख ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

    प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केही कुरा उठेका बताउदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए ।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार