काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको ध्यान शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा भन्दा अतिरिक्त आम्दानीतिर बढी केन्द्रित हुँदैआएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका घुमुवा परिचालन नखटाउन निर्देशन दिइसकेपछि डीआईजी पोखरेलले नयाँ शैली अपनाएर अतिरिक्त आम्दानीको मार्ग पहिल्याएका छन् । उनले रौतहट, बारा र पर्साको असुलीमा गण्डक प्रहरी चौकीका इन्चार्ज असई प्रमोद सिंहलाई परिचालन गरेका छन् ।
उमेश रंजितकार मधेश प्रदेशको डीआईजी हुँदा उनले कमाउधन्दाका लागि प्रदेशकै घुमुवा राखेका थिए । सिंहले रौतहटमा दरबन्दी राखी रंजितकारका पालामा ८ वटै जिल्लामा डीआईजीको घुमुवाका रुपमा उठाउने गरेको आरोप लागेको थियो ।
सिंहका बारेमा धेरै नै गुनासा आएपछि तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले उनलाई ताप्लेजुङ सरुवा गरिदिएका थिए । थापा आईजीपीबाट हटेपछि डेढ बर्षअघि उनी माथिसम्म सेटिङ मिलाएर फेरि काजफिर्ता भएर पर्सामै आउन सफल भएका थिए ।
पर्सामा फिर्ता भएपछि उनले गण्डक चौकीको इन्चार्ज भए । पोखरेल प्रदेशको डीआईजी भएपछि उनलाई बारा, पर्सा र रौतहटमा दस्तुरी उठाउन खटाइएको छ । प्रदेशकै घुमुवा राख्दा गृहमन्त्री लामिछानेकोमा कुरा पुग्ने भएपछि उनले गण्डक चौकीकै इन्चार्जलाई घुमाउरो ढंगले परिचालन गरेको स्रोतले बतायो । असई सिंहले रौतहटको पैसा उठाउन बारामा कार्यरत जवान नवीन गुरुङलाई परिचालन गरेका छन् भने रौतहटमा पर्सामा कार्यरत अर्का जवान सरोज यादवलाई लगाएका छन् ।
बारा प्रहरीका एसपीका घुमुवाका रुपमा खटिएका सरोज यादवलाई ४ बर्षअघि १५ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारको टोलीले २०७६ पुस २ गते कलैयाको सिद्धेश्वरस्थित मन्दिरमा घरेलु मदिरा उत्पादन गर्ने एक ब्यक्तिसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।
भ्रष्टाचार मुद्दामा सफाइ पाउनासाथ उनी पुनः मधेश प्रदेशमा सरुवा मिलाएर घुमुवाका रुपमा कमाउधन्दामा लिप्त हुन थालेका छन् ।
त्यसैगरी, डीआईजी पोखरेलका साला नेपाल प्रहरीका पूर्वएसएसपी अनुराग द्विवेलदीले समेत प्याज तस्करहरुसँग लाइन मिलाउने गरेको आरोप छ । उनले भिनाजु डीआईजी भएपछि धनुषादेखि पर्सासम्मका प्याज, कपडाका कारोबारीहरुसँग लाइन मिलाइदिने भनेर उठाउने गरेको आरोप छ । उनले गौरका चर्चित ब्यापारी शम्भु साहसँग डीआईजी पोखरेलसँग सेटिङ मिलाइदिएपछि त्यो नाकाबाट खुलेआम तस्करी मौलाएको छ ।
त्यसो त द्विवेदी एसएसपीको अन्तिम कार्यकालमा मानव बेचबिखन ब्यूरो बबरमहलमा कार्यरत हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा भिजिट भिसामा सेटिङमा पनि मुछिएका थिए । द्विवेदीले सई दिब्य मोक्तानमार्फत् सेटिङ गरी दैनिक लाखौं लिने गरेको खुलासा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ महिनाअघि गरेको भिजिट भिसाको अप्रेसनमा खुलेको थियो ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend