काठमाडौं । सत्ता समीकरण परिवर्तनसँगै सशस्त्र प्रहरी बलको डीआईजी बढुवा अलपत्र परेको छ । बढुवाको प्रक्रिया अन्तिम चरणमा पुगेकै समयमा फागुन २१ मा सत्ता समीकरण फेरिएसँगै गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने नियुक्त भएका छन् । गृहमन्त्रीमात्र होइन, सचिव पनि दिनेश भट्टराईलाई सरुवा गरी एकनारायण अर्याललाई ल्याइएको छ । गृहमन्त्री र सचिव फेरिएपछि डीआईजी बढुवा अवरुद्ध भएको हो ।
सशस्त्र प्रहरी बलमा ७ महिनादेखि एक डीआईजी पदरिक्त छ । बिदुर खड्का अवकाश भएपछि डीआईजी पद रिक्त भएको हो । रिक्त पदमा बढुवाका लागि एआईजी चन्द्रप्रकाश गौतम सदस्य सचिव रहेको बढुवा समितिले गएको फागुन ३ गते आवेदन माग गरेको थियो । समितिले आवेदन माग गरेको १ महिना बितिसक्दा पनि सशस्त्रमा डीआईजी बढुवा हुन सकेको छैन ।
अघिल्लो सत्ता गठबन्धन कायम भएको अवस्थामा आर्थिक प्रशासनका एसएसपी दीपेन्द्र कुँवर डीआईजी हुने खेलमा थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाका ज्वाइँ भएकाले अघिल्लो सत्ता गठबन्धनमा कुँवरको पल्ला भारी थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने एसएसपी दीपक अधिकारीलाई बढुवा गर्ने पक्षमा थिए । तत्६कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ कृष्ण पाठकलाई बनाउने पक्षमा थिए ।
डीआईजी बढुवाका लागि एसएसपीहरु कृष्ण पाठक, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये पाठक नेपाल प्रहरीको टाइपिष्ट(सई) बाट सशस्त्रमा प्रवेश गरेका हुन् । उनी कार्यदक्षता मूल्यांकनमा कमजोर भएर यसअघि एसएसपी बढुवामा परेका थिएनन् ।
दीपक अधिकारी, दीपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र दीपेन्द्र कुँवरले बढुवाका लागि आवश्यक पर्ने स्टाफ कलेज पास गरेकाले उनीहरुको स्वतः नम्बर बढी छ । कृष्ण ढकाल छैटौं पटकमा स्टाफ कलेज पास गरेका एसएसपी हुन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend