Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ


    बुधबार, फाल्गुन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३ गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेका छन् ।

    झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ ।उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार